विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट <p>जेनेभा। कोरोना भाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ।&nbsp;</p> <p>संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ ।&nbsp;</p> <p>संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोना भाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरूले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ।&nbsp;<em><strong>रासस&ndash;एएफपी</strong></em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्