काठमाडाैं। प्रतिनिधि सभामा सांसदहरूले देशमा फैँलदै गरेको कोरोना संक्रमण, मलको अभाव र बढ्दो महिला असुरक्षाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बाढी पहिरो र विदेशमा रहेका नेपालीहरूका विषयमा पनि सांसदहरूको चासो दिएका छन्।

“सरकारले हाम्रो दाजुभाइलाई विदेशमा १० हजारमा पठाउनु भनी उर्दी जारी गरेको छ। फिर्ता ल्याउन एक लाख २२ हजार रूपैयाँ तोकेको छ। यो अति भयो,” आजको प्रतिनिधि सभा बैठक शून्य समयमा बोल्दै सांसद भरतकुमार साहले भने।

साहले मनसुनसँगै देशभर कृषकहरू खेत रोप्ने चटारोमा रहे पनि मल नपाउँदा निराश बनेको बताए। बजारमा मलको हाहाकार रहेकाले कृषक मर्कामा परेको उनले जनाए।

सांसद लक्ष्मीकुमारी चौधरीले मल नपाउँदा किसान रून बाध्य भएको बताइन्। जुन बेला मलको सबैभन्दा बढी आवश्यकता पर्छ त्यो बेला कृषकले कहिल्यै मल नपाएको उनले जनाइन्।

“जब मानो छरेर मुरी फलाउने समय आउँछ तब मलको हाहाकार हुन्छ। किसानले मल कहिल्यै पाउँदैनन्। किसानले कहिलेसम्म रूनुपर्ने हो ? जैविक मल उत्पादन गर्नेतर्फ ध्यान दिन जरूरी छ,” चौधरीले भनिन्।

अर्का सांसद भैरवबहादुर सिंहले सुदूरपश्चिम भारतबाट आउने संख्या धेरै बढेको भए पनि क्वारेन्टाइन व्यवस्थापन र पीसीआर परीक्षण राम्रोसँग हुन नसकेको बताए। उनले थपे, “पीसीआर परीक्षण न्यून भएको छ। १५ दिन क्वारेन्टाइनमा बस्दा पनि परीक्षण भएको छैन।”

कोरोना भाइरसका कारण विश्वव्यापीरूपमा जनताको जीवनपद्धति अस्वभाविकरूपमा अघि बढेको जनाउँदै सांसद महेश्वरजंग गहतराजले यसले जनतालाई गम्भीर असर परेको बताए।

“आत्महत्याका घटना बढेका छन्। महिला हिंसा र जातीय हिंसा बढेका छन्। केही दिनपछि सामाजिक अपराध बढ्ने देखिन्छ। यसलाई निराकरण गर्न अनुरोध गर्दछु,” उनले भने।

सांसद मीनबहादुर विश्वकर्माले कोरोना महामारी कसैको चाहना र रहर नभएको बताए।

“सबैले लकडाउन शुरू गरेको मितिदेखि अन्त्यसम्म शून्य समय बनाएर घरबेटीले घरभाडा नलिने,” उनले भने, “घरबेटीसँग बैंकले ब्याज नलिने र शिक्षकलाई सरकारले तलब उपलब्ध गर्ने व्यवस्था गरियोस्।”

सांसद मीना सुब्बाले नेपालमा कोरोना आक्रान्तरूपमा फैलिएको बताइन्। १९ जनाको मृत्युपछि मात्र कोरोना भएको थाहा हुनुले कोरोना नियन्त्रण तथा उपचारमा सरकार चुकेको उनले जनाइन्। “किन मृत्युपछि मात्र थाहा हुन्छ कोरोना संक्रमण। कहाँ चुक्दैछ सरकार। रोग नै थाहा नपाई ज्यान गुमाउनु परेको छ,” सुब्बाले सरकारसँग गुनासो गरिन्।

नेपालमा कतिपय कान्छो र जाली ठेकदारका लागि कोरोना ढिलासुस्ती र आफ्नो गल्ती छोप्ने एउटा माध्यम र बहाना बनेको आरोप सांसद यज्ञराज सुनुवारले लगाए।

उनले भने, “यस्तो बेलामा सार्वजनिक खरिद ऐनमा आवश्यक संशोधन गरेर भए पनि सामान्य हर्जनाको सट्टा मुलुकप्रति गद्दार गर्ने ठेकेदारलाई जेल पठाउने व्यवस्था गर्नु वाञ्छनीय हुनेछ।”

सांसद राजेन्द्रकुमार राईले सरकारसँग किसानहरूको धेरै गुनासो रहेको जनाए। लकडाउनले गर्दा किसान एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने वातावरण नरहेका उनले बताए। “खेत रोप्ने बेला छ। किसान मल मिलाइदेऊ भन्दै छन्,” उनले भने।

लकडाउनका बेला ३७३ बलात्कार घटना, ३४ वटा बहुविवाहका, सातवटा बोक्सीको आरोपका र ९ वटा मानव बेचबिखनको घटना भएको तथ्यांक संसदमा सांसद रामकुमारी चौधरीले प्रस्तुत गरिन्।

“किन यस्तो घटना घटेको छ। कहाँ त्रुटि भयो कानून निर्माण गर्ने क्रममा ?,’ उनले भनिन्।

" /> काठमाडाैं। प्रतिनिधि सभामा सांसदहरूले देशमा फैँलदै गरेको कोरोना संक्रमण, मलको अभाव र बढ्दो महिला असुरक्षाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

"> संसदमा सांसदहरूको प्रश्न- ‘कोरोना नियन्त्रण गरेको खोई ? मल खोई ? महिलाको सुरक्षा खोई ?’ : Dekhapadhi
संसदमा सांसदहरूको प्रश्न- ‘कोरोना नियन्त्रण गरेको खोई ? मल खोई ? महिलाको सुरक्षा खोई ?’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्