फाइल तस्वीर।
एमसीसी खारेजीको माग गर्दै प्रदर्शन <p>काठमाडाैं। ११&nbsp;वटा साना कम्युनिस्ट दलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।</p> <p>उनीहरूले एमसीसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। एमसीसी सम्झौता राष्ट्रघाती हुने कारण उल्लिखित ब्यानर लिएर प्रदर्शनकारीहरू सडकमा उभिएका थिए।&nbsp;</p> <p>अमेरिकी सैन्य केन्द्रीय मुकाम पेन्टागनको योजनाअनुसार हिन्द प्रान्तीय (इन्डो-प्यासिफिक) रणनीतिको अभिन्न अंग भएको, नेपालको पानी प्रयोग गरी उत्पादन गरिएको बिजुली अन्य देशमा बेच्ने, नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार पारी पठाउनुपर्ने र त्यस्तो योजना भारतको सरकारले समर्थन गर्नुपर्नेलगायत प्रावधान राष्ट्रघाती हुने उनीहरूको तर्क छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्