प्रतिनिधिसभाबाट लोक सेवा आयोग विधेयक पारित
<p>काठमाडाैं। प्रतिनिधिसभाको आजको बैठकले ‘लोक सेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ ।</p>
<p>बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकाे उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरिएकाे हाे।</p>
<p>विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा. तुम्बाहाङ्फेले संघीय निजामती सेवालाई स्वच्छ निष्पक्ष बनाई सार्वजनिक सेवालाई चुस्त र पारदर्शी बनाउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। </p>
<p>उनले सरकारी सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायतका लागि लिइने लिखित परीक्षाको विधि र प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन तथा सेवामा विभेदको अवस्था नहोस् भन्ने जस्ता विषयलाई विधेयकले समेटेको जानकारी दिइन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्