काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाका लागि क्वीक भुक्तानी’ प्लेटफर्म प्रयोगका लागि सम्झौता भएको छ। ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लेटफर्म युके एडसक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो।
सम्झौता अनुसार, सिद्धाथ बैंकले आफ्ना ग्राहकहरूलाई यस प्लेटफर्ममार्फत् रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्ने एफवान सफ्टले बताएको छ। ‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लेटफर्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ताहरू, ती सामान तथा सेवा किन्ने क्रेता कम्पनी र ती कम्पनीसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउने एफवान सफ्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो प्लेटफर्म प्रयोग गरी आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउने र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउने कम्पनीले बताएको छ। यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्ने र पछि तोकिएको मितिमा बिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्न मिल्ने बताइएको छ।
अधिकांश कारोबार उधारोमा हुने नेपालको व्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्भिक र लाभदायक हुने सिद्धार्थ बैंक तथा एफवान सफ्टले बताएको छ।
" /> काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाका लागि क्वीक भुक्तानी’ प्लेटफर्म प्रयोगका लागि सम्झौता भएको छ। ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लेटफर्म युके एडसक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो।सम्झौता अनुसार, सिद्धाथ बैंकले आफ्ना ग्राहकहरूलाई यस प्लेटफर्ममार्फत् रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्ने एफवान सफ्टले बताएको छ। ‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लेटफर्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ताहरू, ती सामान तथा सेवा किन्ने क्रेता कम्पनी र ती कम्पनीसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउने एफवान सफ्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

">