तातोपानी नाका नियमित सञ्चालन
<p>मेलम्ची। तातोपानी नाका हुँदै सामान आयात निरन्तर रूपमा हुन थालेको छ। बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरू रोकिए पनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ।</p>
<p>वर्षा लागेसँगै ठाउँठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ। बञ्जी छेउ भालेभीरमा बाटो अप्ठेरो भएता पनि अहिले सहजरूपमा कन्टेनरहरू गइरहेको कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए।</p>
<p>बाह्रबिसेमाथि लिपिङसम्म पहाडी भीर भएकाले वर्षाको समयमा पहिरो आउने सम्भावना भने सधैँ रहन्छ। कोरोना भाइरसको त्रासका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गतेदेखि पुनः सञ्चालनमा आएको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्