देउसी-भैलो खेलेर विद्यालयले उठायो ४८ हजार

बाजुरा। देउसी–भैलो खेलेर बाजुराको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले ४८ हजार रूपैयाँ नगद सङ्कलन गरेको छ। विद्यालयको आयोजनामा ८ कात्तिक देखि ११ गतेसम्म सञ्चालन गरिएको देउसी–भैलोबाट चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए।

देउसी–भैलो गौमुल गाउँपालिका–१ र २ र बडिमालिका नगरपालिका वडा–३ मा खेलिएको हो। संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न र अन्य भौतिक विकासमा खर्च गरिने भएको छ।

आपसी सद्भाव र भाइचाराको सम्बन्ध स्थापित गर्नुका साथै संस्कृतिको जगेर्ना र मनोरञ्जनका लागि देउसी–भैलोको आयोजना गरिएको अध्यक्ष खड्काको भनाई छ। देउसी–भैलोमा विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक पनि सहभागी थिए।

यसैबीच, सोही वडामा रहेको रजाली युथ क्लव, वडास्तरीय महिला अधिकार मञ्च, वडास्तरीय बाल क्लव र चोयाकोट बाल क्लवको आयोजनामा ९ कात्तिक देखि १२ गतेसम्म सञ्चालित देउसी–भैलोबाट २३ हजार ६ सय १० रूपैयाँ संकलन भएको छ।

संकलित रकमबाट बाल क्लवले साउण्ड सिष्टम खरिद गर्ने लक्ष्य लिएको अध्यक्ष कृष्ण खड्काले जानकारी दिए।–रासस

प्रतिक्रिया दिनुहोस्