काठमाडौं। संसारको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटरलाई अब कोरोना भाइरस महमारीविरुद्ध चलिरहेको लडाईंमा तैनाथ गरिएको छ। जापानको सुपर कम्प्युटर फुगाकूलाई कोरोनाविरुद्धको लडाईंमा तैनाथ गरिएको हो। फुगाकूलाई ८ असारमा मात्र संसारको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटर घोषणा गरिएको थियो।
यो अमेरिकाको आईबीएम मसिनको तुलनामा २.८ गुणा छिटो हिसाब गर्न सक्छ। समिट नाम गरेको अमेरिकी सुपर कम्प्युटर ६ मे मा जारी गरिएको टप-५०० को सूचीमा पहिलो नम्बरमा थियो। यसलाई उछिनेर फुगाकू नम्बर १ मा आएको हो। फुगाकूले लामो समयदेखि अमेरिका र चीनको वर्चस्वलाई तोड्दै तीव्र गतिको सुपर कम्प्युरको सूचीमा अग्र स्थानमा आएको हो। जापान यो सूचीको पहिलो नम्बरमा ११ वर्षको निरन्तर प्रयासपछि आएको हो।
फुगाकूलाई यसअघि पनि कोरोना भाइरसविरुद्धको लडाईंमा प्रयोग गरिएको थियो। यो कम्प्युटरले आछ्यु गर्दा वा खोक्दा निस्कने छिटाहरू कसरी खुला स्थानमा फैलिन्छ भन्ने समेत पत्ता लगाउने अनुमान गरिएको छ। आउँदो वर्ष यो कम्प्युटर पूर्ण रूपमा प्रयोगमा आएपछि कोरोना भाइरसको प्रभावकारी उपचारको खोजी गर्न यसले मद्दत गर्ने विशेषज्ञको भनाइ छ।
एउटा कोठा बराबरको यो कम्प्युटर जापानको कोब शहरमा रहेको छ। जापानको प्रविधि फर्म फुजित्सु र सरकारी संस्थान राइकेन इन्सिच्युटले यो कम्प्युटर निर्माण गर्न ६ वर्ष लगाएका थिए। नाम भने माउन्ट फुजीबाट प्रेरित भएर राखिएको हो।
" /> काठमाडौं। संसारको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटरलाई अब कोरोना भाइरस महमारीविरुद्ध चलिरहेको लडाईंमा तैनाथ गरिएको छ। जापानको सुपर कम्प्युटर फुगाकूलाई कोरोनाविरुद्धको लडाईंमा तैनाथ गरिएको हो। फुगाकूलाई ८ असारमा मात्र संसारको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटर घोषणा गरिएको थियो।यो अमेरिकाको आईबीएम मसिनको तुलनामा २.८ गुणा छिटो हिसाब गर्न सक्छ। समिट नाम गरेको अमेरिकी सुपर कम्प्युटर ६ मे मा जारी गरिएको टप-५०० को सूचीमा पहिलो नम्बरमा थियो। यसलाई उछिनेर फुगाकू नम्बर १ मा आएको हो। फुगाकूले लामो समयदेखि अमेरिका र चीनको वर्चस्वलाई तोड्दै तीव्र गतिको सुपर कम्प्युरको सूचीमा अग्र स्थानमा आएको हो। जापान यो सूचीको पहिलो नम्बरमा ११ वर्षको निरन्तर प्रयासपछि आएको हो।

">