चार लाख ८७ हजारले गरे कोरोना बीमा, करिब २७ करोड बीमा शुल्क संकलन
काठमाडौं। नेपालमा कोरोना बीमाबाट २६ करोड ८४ लाख ४१ हजार रूपैयाँ बीमा शुल्क संकलन भएको छ।

८ असारसम्म ४ लाख ८७ हजार जनाले गरेको कोरोना बीमाबाट करिब २७ करोड रूपैयाँ बीमा शुल्क संकलन भएको हो।

नेपाल विमक संघका महासचिव चङ्की क्षेत्रीले कोरोना बीमा गर्नेहरूको संख्या ५ लाख पुग्न लागेको बताए। उनले भने, “हिजोसम्म ४ लाख ८७ हजार जनाले बीमा गरिसकेका छन्। सम्भवतः आज ५ लाख कट्नेछ।”

७ असारको तुलनामा ८ असारमा २९ लाख रूपैयाँ बीमा शुल्क थप संकलन भएको छ। ७ वैशाखदेखि शुरू भएको कोरोना बीमामा २० निर्जीवन बीमा कम्पनी सहभागी छन्।

नेपाल विमक संघका अनुसार हालसम्म ४५ हजार ५४७ वटा बीमा पोलिसी बिक्री भएका छन्। ७ असारसम्ममा ४ लाख ८२ हजारले कोरोनाको बीमा गरेकोमा ५ हजारले बढेर ८ असारसम्ममा ४ लाख ८७ हजार पुगेका हुन्।

यस्तै, ७ असारको तुलनामा ८ असारमा २९ लाख रूपैयाँ बीमा शुल्क थप संकलन भएको छ। ७ वैशाखदेखि शुरू भएको कोरोना बीमामा २० निर्जीवन बीमा कम्पनी सहभागी छन्।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय कोरोना बीमा गर्नेको संख्या बढिरहेको बताए। उनले कोरोना बीमा शुरू गर्दादेखि नै धेरैको आकर्षण रहेकाले दैनिक बीमा गर्नेको संख्या बढिरहेको बताए।

कोरोना बीमा गर्नेमध्ये कर्पोरेट क्षेत्रका बीमितको संख्या बढी रहेको पौडेलले बताए। “कोरोनाको बीमा गर्नेमध्ये सबैभन्दा बढी कर्पोरेट क्षेत्रका छन्। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि धेरै भएको अनुमान गरिएको छ,” पौडेलले भने।

बागमती प्रदेशमा कर्पोरेट कम्पनी र ती कम्पनीमा काम गर्ने कर्मचारीको संख्या धेरै भएकाले बीमा गर्नेको संख्या धेरै भएको हुनसक्ने उनले बताए।

यसअघि, कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बीमा समितिले बीमा कम्पनीहरूलाई कोरोना बीमा केही समयका लागि रोक्न भनेको थियो। बीमा कम्पनीहरू पनि कोरोना संक्रमितको संख्या धेरै हुन थालेपछि आत्तिएका थिए।

कोरोना बीमा गरेको १५ दिनपछि उक्त व्यक्ति कोरोना संक्रमित भएको पीसीआर परीक्षणबाट पुष्टि भएमा उसले बीमाको दाबी भुक्तानी पाउँछ। विमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार अहिलेसम्म ४ जनालाई कोरोना बीमाको दाबी भुक्तानी गरिएको छ।

२२ जेठदेखि कोरोनाको बीमा बन्द गर्ने निर्णय गरेको थियो। तर, त्यसको एक दिनपछि नै फेरि कोरोना बीमा नियमित भएको थियो। कोरोना संक्रमितको संख्या धेरै भएमा दाबी भुक्तानीमा अर्थ मन्त्रालयले सघाउने बताएपछि कोरोना बीमा पुनः शुरू भएको थियो।

कोरोना बीमा गरेको १५ दिनपछि उक्त व्यक्ति कोरोना संक्रमित भएको पीसीआर परीक्षणबाट पुष्टि भएमा उसले बीमाको दाबी भुक्तानी पाउँछ।

विमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार अहिलेसम्म ४ जनालाई कोरोना बीमाको दाबी भुक्तानी गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्