काठमाडौं। दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्कन थालेपछि किसानले राहत महसुस गर्न थालेका छन्। नेपालको आत्मनिर्भर व्यवसायको रूपमा परिचित पोल्ट्री लकडाउनको शुरूआती चरणमा निकै खस्केको थियो। लकडाउन शुरू भएदेखि दुई साता अघिसम्म घाटामा रहेको व्यवसाय अहिले लागत धान्ने अवस्थामा आइपुगेको व्यवसायीहरू बताउँछन्।
नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चल्ला लागत मूल्यभन्दा केही मुनाफा राखेर बिक्री हुन थालेका छन्। ब्रोइलर चल्ला ६०, लेयर्स ९० र कोइलर ७० रूपैयाँमा बिक्री हुन थालेको छ। ब्रोइलर चल्लाको लागत मूल्य ५७.४५, लेयर्सको ९० र कोइलरको ४५ रूपैयाँ पर्छ। हाल सातामा ब्रोइलर चल्ला ३० लाख, लेयर्स एक लाख ५० हजार र कोइलर दुई लाख ५० हजार उत्पादन हुने पोखरेलले जानकारी गराए।
ब्रोइलर चल्लाको उत्पादन सातामा पाँच लाख हाराहारी घटे पनि उत्पादित चल्ला सबै बिक्री हुन थालेको उनले बताए। लकडाउनको समयमा कुखुरा पाल्ने घट्न थालेका कारण बजारमा मासुको अभाव हुन थालेको छ। फार्मबाट प्रतिकिलो जिउँदो कुखुरा २७० देखि २८० रूपैयाँ सम्ममा बिक्री हुन थालेको छ। जिउँदो खुकुराको लागत मूल्य १८० रूपैयाँ हो। चितवनको बजारमा तयारी मासु प्रतिकिलो ४०० रूपैयाँ सम्ममा बिक्री हुने गरेको छ। लकडाउनका शुरूआती दिनमा उपभोक्ताले २१० रूपैयाँसम्ममा तयारी मासु पाउने गरेका थिए।
दुई साता अघिबाट चल्ला बिक्री हुन थालेको व्यावसायीहरू बताउँछन्। लकडाउन शुरू भएपछिका केही समय बिक्री नभएका कारण व्यवसायीले चल्ला नष्ट गर्दै आएका थिए। यससँगै अण्डाको मूल्य पनि बढ्न थालेको नेपाल अण्डा उत्पादक संघले जनाएको छ।
पोल्ट्री व्यवसायी मदन पोखरेलले हाल अण्डाको उत्पादन कम भएकाले मूल्य बढेको हो। लकडाउन अघिभन्दा दैनिक १० लाख गोटा कम अण्डा उत्पादन भइरहेको संघको तथ्यांक छ। आजकाल दैनिक २५ देखि २६ लाख अण्डा उत्पादन भइरहेको तथ्यांक राससको समाचारमा उल्लेख छ।
लकडाउनमा दाना खुवाउन नसक्ने भएपछि कुखुरा बिक्री भएको, कुखुराले राम्रो दाना खान नपाएका जस्ता कारण अण्डा उत्पादन घटेको थियो। लकडाउन शुरू भएपछि एक महीनासम्म अण्डा बिक्रीमा समस्या भएको भएपनि त्यसपछि क्रमशः बढ्दै गएको हो। नेपालमा दुई हजार ७०० भन्दा बढी कृषकले लेयर्स कुखुरा पाल्ने गरेको तथ्यांक छ।
" /> काठमाडौं। दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्कन थालेपछि किसानले राहत महसुस गर्न थालेका छन्। नेपालको आत्मनिर्भर व्यवसायको रूपमा परिचित पोल्ट्री लकडाउनको शुरूआती चरणमा निकै खस्केको थियो। लकडाउन शुरू भएदेखि दुई साता अघिसम्म घाटामा रहेको व्यवसाय अहिले लागत धान्ने अवस्थामा आइपुगेको व्यवसायीहरू बताउँछन्।नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चल्ला लागत मूल्यभन्दा केही मुनाफा राखेर बिक्री हुन थालेका छन्। ब्रोइलर चल्ला ६०, लेयर्स ९० र कोइलर ७० रूपैयाँमा बिक्री हुन थालेको छ। ब्रोइलर चल्लाको लागत मूल्य ५७.४५, लेयर्सको ९० र कोइलरको ४५ रूपैयाँ पर्छ। हाल सातामा ब्रोइलर चल्ला ३० लाख, लेयर्स एक लाख ५० हजार र कोइलर दुई लाख ५० हजार उत्पादन हुने पोखरेलले जानकारी गराए।

">