काठमाडौं। नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ। ८ असारमा छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँ तोकिएको थियो। तर, आज भने उक्त मूल्यमा ४०० रूपैयाँले गिरावट आएर प्रतितोला ९१ हजार ६०० रूपैयाँ तोकिएको छ।नेपालमा सुनको मूल्य घट्नुको कारण अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेर भने होइन। नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमय दरमा सामान्य गिरावट आएको कारण आजको लागि सुनको मूल्यमा ४०० रूपैयाँले कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए।

किन आकाशियो सुनको मूल्य, कति पुग्ला ?

विश्वव्यापी महाव्याधी बनेको कोभिड–१९ ले विश्वकै अर्थतन्त्र धरासायी भएको हुँदा लगानीकर्ताहरूले सुनमा लगानी बढाए। विश्वभर नै सुनलाई सबैभन्दा सुरक्षित लगानीको रूपमा मानिन्छ। मणिरत्न शाक्य भन्छन्, “अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने आकलन गरिएको छ। अहिलेको आकलन अनुसार नेपालीमा बजारमा सुनको मूल्य ९३ हजार रूपैयाँभन्दा माथि पुग्ने देखिएको छ।” अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश सुनको मूल्य  एक हजार ८०० अमेरिकी डलरसम्म पुग्ने विश्लेषण छ।

त्यसबाहेक, कोभिड–१९ का कारण सुनका खानी समेत बन्द भएको र उत्पादन कटौती हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको अभाव भयो यसले पनि सुनको मूल्य बढाउन सहयोग गरेको शाक्यले बताए। अमेरिकाको फेडरल रिजर्भ बैंकले निक्षेपमा शून्य प्रतिशत ब्याजदर तोकेको हुँदा मानिसहरू बैंकमा पैसा जम्मा गर्न चाहँदैनन्। बरू त्यो पैसा सुनमा लगानी गर्छन्। बैंकमा पैसा राख्दा भन्दा सुन खरिद गर्दा पैसाको भ्यालू बढ्ने कारणले पनि मानिसहरूले सुन खरिद गरिरहेका छन्।

नेपालमा करले बढायो मूल्य

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सुनमा कर बढाएको छ। त्यसले पनि नेपाली बजारमा सुनको मूल्य बढेको शाक्यले बताए। अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा कर बाहेकको सुनको मुल्य करीब ८० हजार मात्रै पर्ने उनी बताउँछन्। नेपाल सुनचाँदी व्यवसायीहरूले एक वर्षमा करीब ११ अर्ब रूपैयाँ सरकारलाई राजश्व बुझाउँछन्।

सुनको मूल्य बढ्यो, अहिले बेच्न पाइन्छ ?

लकडाउन अगाडि कसैले सुन किनेको भए उक्त सुनमा प्रतितोला करीब १३ हजार रूपैयाँले मूल्य बढ्यो। सुनलाई नगद सरह नै व्यवहार गरिन्छ। आफूसँग पैसा हुँदा किनेर राख्ने र समस्या पर्दा त्यसलाई बेचेर गर्जो टार्नको लागि पनि सुनको प्रयोग हुन्छ। जुनसुकै बेला नगदमा परिणत गर्न सकिने भएकाले सुनलाई तरल सम्पतिको रूपमा मानिन्छ। सुनको मूल्य प्रतितोला ६० वा ७० हजार हुँदा किनेका व्यक्तिले अहिले बेच्ने हो भने प्रतितोला २० देखि ३० हजार रूपैयाँसम्म नाफा हुन्छ।

आफूले गरेको लगानीमा निकै धेरै नाफा हुने देखेपछि मान्छेहरूले सुन बिक्री गर्ने सोंच बनाउन सक्छन्। तर, सुनको मूल्य उकालो लागिरहँदा सुन खरिद गर्नेको भन्दा बिक्री गर्ने ग्राहकको लाइन निकै लामो होला भन्ने कुराले नेपालका सुनचाँदी व्यवसायीलाई पनि निकै त्रसित बनाएको थियो। तर, सुनको मूल्य निकै माथि पुग्दा पनि व्यवसायीले सोंचेअनुसार सुन बिक्री गर्नको लागि ग्राहक नआएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए।

दुई कारणले बिक्री गर्न नआएका हुन सक्छन्

कोरोना महामारीका कारण अर्थतन्त्र धरासायी भएको छ। लामो समय मानिस घरमै बन्धक हुँदा आर्थिक अवस्था कमजोर भएको छ। घर खर्च धान्नकै लागि पनि पैसा चाहिने हुँदा धेरैजसो सुन बिक्री गर्न आउने आशंका व्यवसायीहरूको थियो। सुनचाँदी व्यवसायी तेजरत्न शाक्य भन्छन्, “धेरै मानिस सुन बिक्री गर्न आउँदा धान्नै नसकिने अवस्था होला भन्ने लागेको थियो। तर, अहिलेसम्म त्यस्तो अवस्था आएको छैन। यसमा दुई वटा कारणले काम गरेको पनि हुन सक्छ।”

पहिलो कारण, लकडाउन पूर्ण रूपमा नखुल्दा सावर्जनिक यातायात चलेका छैनन्। यसले पनि मानिसलाई आवत–जावतमै समस्या भइरहेको छ। मानिसहरू सहज रूपमा हिँडडुल गर्न नसक्दा पनि सुन बिक्री गर्नको लागि बजारमा आउन नसकेको हुनसक्ने शाक्यले बताए।

दोस्रो कारण, सुनको मूल्य अझै बढ्छ भन्ने सूचना र विश्लेषणले पनि मानिसहरू सुन बिक्रीमा नआएको हुन सक्ने उनले बताए। “अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने बताइएको छ। अहिलेको विश्लेषण अनुसार प्रतिऔंश १८०० अमेरिकी डलरसम्म पुग्ने बताइएको छ। त्यसो हुँदा नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९३ हजार पुग्छ। अझ धेरै मूल्य आउने आशामा सुन बिक्रीका लागि ग्राहक नआएको हुन सक्ने उनले बताए।

सबै एकैपटक सुन बिक्री गर्न आए बजारले धान्न सक्छ ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष शाक्य भछन्, “सबैले एकैपटक सुन बेच्न आए भने बजार धान्न सक्दैन। व्यवसायीसँग पैसा भएसम्म मात्रै बिक्रीका लागि आएका गहना किन्न सक्ने हो। पैसा सकिएपछि बिक्री गर्न आउनेलाई फर्काउनुको विकल्प हुँदैन।”

तर, अहिलेसम्म भने गहना बिक्रीका लागि आएका ग्राहकलाई व्यवसायीहरूले नफर्काएको उनले बताए। त्यसैगरी, तेज रत्न शाक्य पनि सबैले एकैपटक सुन बिक्री गर्न आए भने बजारले थेग्न नसक्ने बताउँछन्। “व्यवसायीसँग सीमित पूँजी हुन्छ। पैसा हुँदासम्म खरिद गर्न सक्ने हो। पैसा नभए व्यवसायीले पनि किन्न सक्दैन”, उनले भने।

व्यवसायीले किन्नै पर्छ भन्ने बाध्यता हुन्छ ?

व्यवसायीले ग्राहकसँग भएको सुन किन्नै नसक्ने अवस्था आउँदा त्यसमा लगानी गर्नुपर्ने बाध्यकारी कानूनी व्यवस्था छैन। व्यवसायीले चाहँदा किन्न सक्छ नचाहदा नकिन्न पनि सक्छ। मणिरत्न शाक्य भन्छन्, “व्यवसायीले आफ्नो ग्राहकलाई सकेसम्म रित्तो हात फर्काउँदैन। आजै सबै पैसा दिन सकिएन भने ग्राहकसँग केही दिनको समय लिएर पनि भुक्तानी गर्ने गरिएको छ। किन्नै नसक्ने अवस्थामा किन्दैनौ भन्न पाउँछौं।”

बेच्न कहाँ जाने ?

आफूसँग भएको सुनको गहना वा काचो सुन बेच्नुपर्ने अवस्था आएमा आफूले पहिले खरिद गरेकै व्यवसायीकोमा जाँदा बिक्री गर्न सहज हुन्छ। एक ठाउँमा खरिद गरेको सुन अर्को ठाउँमा बिक्री गर्दा खरिद गर्ने सुन पसलले उक्त सुनको गुणस्तर परीक्षण गर्छ। गुणस्तर यकिन नभइकन उक्त पसलले सुनमा लगानी गर्न मान्दैन।

तसर्थ, पहिले किनेकै पसलमा सुनको बिलसहित पुग्दा उसले आफ्नो माल सजिलै चिन्छ र गुणस्तर परीक्षणको झन्झट गर्नुपर्दैन। “व्यवसायीले पनि नियमित ग्राहकसँग कारोबार गर्न सजिलो मान्ने भएकाले पहिले जहाँ खरिद गरिएको हो त्यही गएर बेच्दा सजिलो हुन्छ”, व्यवसायी मणिरत्न शाक्यले भने।

" /> काठमाडौं। नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ। ८ असारमा छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँ तोकिएको थियो। तर, आज भने उक्त मूल्यमा ४०० रूपैयाँले गिरावट आएर प्रतितोला ९१ हजार ६०० रूपैयाँ तोकिएको छ।नेपालमा सुनको मूल्य घट्नुको कारण अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेर भने होइन। नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमय दरमा सामान्य गिरावट आएको कारण आजको लागि सुनको मूल्यमा ४०० रूपैयाँले कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए।

किन आकाशियो सुनको मूल्य, कति पुग्ला ?

विश्वव्यापी महाव्याधी बनेको कोभिड–१९ ले विश्वकै अर्थतन्त्र धरासायी भएको हुँदा लगानीकर्ताहरूले सुनमा लगानी बढाए। विश्वभर नै सुनलाई सबैभन्दा सुरक्षित लगानीको रूपमा मानिन्छ। मणिरत्न शाक्य भन्छन्, “अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने आकलन गरिएको छ। अहिलेको आकलन अनुसार नेपालीमा बजारमा सुनको मूल्य ९३ हजार रूपैयाँभन्दा माथि पुग्ने देखिएको छ।” अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश सुनको मूल्य  एक हजार ८०० अमेरिकी डलरसम्म पुग्ने विश्लेषण छ।

त्यसबाहेक, कोभिड–१९ का कारण सुनका खानी समेत बन्द भएको र उत्पादन कटौती हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको अभाव भयो यसले पनि सुनको मूल्य बढाउन सहयोग गरेको शाक्यले बताए। अमेरिकाको फेडरल रिजर्भ बैंकले निक्षेपमा शून्य प्रतिशत ब्याजदर तोकेको हुँदा मानिसहरू बैंकमा पैसा जम्मा गर्न चाहँदैनन्। बरू त्यो पैसा सुनमा लगानी गर्छन्। बैंकमा पैसा राख्दा भन्दा सुन खरिद गर्दा पैसाको भ्यालू बढ्ने कारणले पनि मानिसहरूले सुन खरिद गरिरहेका छन्।

नेपालमा करले बढायो मूल्य

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सुनमा कर बढाएको छ। त्यसले पनि नेपाली बजारमा सुनको मूल्य बढेको शाक्यले बताए। अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा कर बाहेकको सुनको मुल्य करीब ८० हजार मात्रै पर्ने उनी बताउँछन्। नेपाल सुनचाँदी व्यवसायीहरूले एक वर्षमा करीब ११ अर्ब रूपैयाँ सरकारलाई राजश्व बुझाउँछन्।

सुनको मूल्य बढ्यो, अहिले बेच्न पाइन्छ ?

लकडाउन अगाडि कसैले सुन किनेको भए उक्त सुनमा प्रतितोला करीब १३ हजार रूपैयाँले मूल्य बढ्यो। सुनलाई नगद सरह नै व्यवहार गरिन्छ। आफूसँग पैसा हुँदा किनेर राख्ने र समस्या पर्दा त्यसलाई बेचेर गर्जो टार्नको लागि पनि सुनको प्रयोग हुन्छ। जुनसुकै बेला नगदमा परिणत गर्न सकिने भएकाले सुनलाई तरल सम्पतिको रूपमा मानिन्छ। सुनको मूल्य प्रतितोला ६० वा ७० हजार हुँदा किनेका व्यक्तिले अहिले बेच्ने हो भने प्रतितोला २० देखि ३० हजार रूपैयाँसम्म नाफा हुन्छ।

आफूले गरेको लगानीमा निकै धेरै नाफा हुने देखेपछि मान्छेहरूले सुन बिक्री गर्ने सोंच बनाउन सक्छन्। तर, सुनको मूल्य उकालो लागिरहँदा सुन खरिद गर्नेको भन्दा बिक्री गर्ने ग्राहकको लाइन निकै लामो होला भन्ने कुराले नेपालका सुनचाँदी व्यवसायीलाई पनि निकै त्रसित बनाएको थियो। तर, सुनको मूल्य निकै माथि पुग्दा पनि व्यवसायीले सोंचेअनुसार सुन बिक्री गर्नको लागि ग्राहक नआएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए।

दुई कारणले बिक्री गर्न नआएका हुन सक्छन्

कोरोना महामारीका कारण अर्थतन्त्र धरासायी भएको छ। लामो समय मानिस घरमै बन्धक हुँदा आर्थिक अवस्था कमजोर भएको छ। घर खर्च धान्नकै लागि पनि पैसा चाहिने हुँदा धेरैजसो सुन बिक्री गर्न आउने आशंका व्यवसायीहरूको थियो। सुनचाँदी व्यवसायी तेजरत्न शाक्य भन्छन्, “धेरै मानिस सुन बिक्री गर्न आउँदा धान्नै नसकिने अवस्था होला भन्ने लागेको थियो। तर, अहिलेसम्म त्यस्तो अवस्था आएको छैन। यसमा दुई वटा कारणले काम गरेको पनि हुन सक्छ।”

पहिलो कारण, लकडाउन पूर्ण रूपमा नखुल्दा सावर्जनिक यातायात चलेका छैनन्। यसले पनि मानिसलाई आवत–जावतमै समस्या भइरहेको छ। मानिसहरू सहज रूपमा हिँडडुल गर्न नसक्दा पनि सुन बिक्री गर्नको लागि बजारमा आउन नसकेको हुनसक्ने शाक्यले बताए।

दोस्रो कारण, सुनको मूल्य अझै बढ्छ भन्ने सूचना र विश्लेषणले पनि मानिसहरू सुन बिक्रीमा नआएको हुन सक्ने उनले बताए। “अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने बताइएको छ। अहिलेको विश्लेषण अनुसार प्रतिऔंश १८०० अमेरिकी डलरसम्म पुग्ने बताइएको छ। त्यसो हुँदा नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९३ हजार पुग्छ। अझ धेरै मूल्य आउने आशामा सुन बिक्रीका लागि ग्राहक नआएको हुन सक्ने उनले बताए।

सबै एकैपटक सुन बिक्री गर्न आए बजारले धान्न सक्छ ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष शाक्य भछन्, “सबैले एकैपटक सुन बेच्न आए भने बजार धान्न सक्दैन। व्यवसायीसँग पैसा भएसम्म मात्रै बिक्रीका लागि आएका गहना किन्न सक्ने हो। पैसा सकिएपछि बिक्री गर्न आउनेलाई फर्काउनुको विकल्प हुँदैन।”

तर, अहिलेसम्म भने गहना बिक्रीका लागि आएका ग्राहकलाई व्यवसायीहरूले नफर्काएको उनले बताए। त्यसैगरी, तेज रत्न शाक्य पनि सबैले एकैपटक सुन बिक्री गर्न आए भने बजारले थेग्न नसक्ने बताउँछन्। “व्यवसायीसँग सीमित पूँजी हुन्छ। पैसा हुँदासम्म खरिद गर्न सक्ने हो। पैसा नभए व्यवसायीले पनि किन्न सक्दैन”, उनले भने।

व्यवसायीले किन्नै पर्छ भन्ने बाध्यता हुन्छ ?

व्यवसायीले ग्राहकसँग भएको सुन किन्नै नसक्ने अवस्था आउँदा त्यसमा लगानी गर्नुपर्ने बाध्यकारी कानूनी व्यवस्था छैन। व्यवसायीले चाहँदा किन्न सक्छ नचाहदा नकिन्न पनि सक्छ। मणिरत्न शाक्य भन्छन्, “व्यवसायीले आफ्नो ग्राहकलाई सकेसम्म रित्तो हात फर्काउँदैन। आजै सबै पैसा दिन सकिएन भने ग्राहकसँग केही दिनको समय लिएर पनि भुक्तानी गर्ने गरिएको छ। किन्नै नसक्ने अवस्थामा किन्दैनौ भन्न पाउँछौं।”

बेच्न कहाँ जाने ?

आफूसँग भएको सुनको गहना वा काचो सुन बेच्नुपर्ने अवस्था आएमा आफूले पहिले खरिद गरेकै व्यवसायीकोमा जाँदा बिक्री गर्न सहज हुन्छ। एक ठाउँमा खरिद गरेको सुन अर्को ठाउँमा बिक्री गर्दा खरिद गर्ने सुन पसलले उक्त सुनको गुणस्तर परीक्षण गर्छ। गुणस्तर यकिन नभइकन उक्त पसलले सुनमा लगानी गर्न मान्दैन।

तसर्थ, पहिले किनेकै पसलमा सुनको बिलसहित पुग्दा उसले आफ्नो माल सजिलै चिन्छ र गुणस्तर परीक्षणको झन्झट गर्नुपर्दैन। “व्यवसायीले पनि नियमित ग्राहकसँग कारोबार गर्न सजिलो मान्ने भएकाले पहिले जहाँ खरिद गरिएको हो त्यही गएर बेच्दा सजिलो हुन्छ”, व्यवसायी मणिरत्न शाक्यले भने।

"> सुनको मूल्य अहिलेसम्मकै उच्च, सबै बेच्न आए बजारले किन्न सक्छ ?: Dekhapadhi
सुनको मूल्य अहिलेसम्मकै उच्च, सबै बेच्न आए बजारले किन्न सक्छ ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्