काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ
बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
यसअघिको बैठक गत ३१ वैशाखमा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा तय भएकोमा स्थायी कमिटी सदस्यको कोभिड-१९ परीक्षणपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो।
आजको स्थायी कमिटी बैठकमा सरकारको कामको समीक्षा, एमसीसी, कोरोना महामारीविरुद्ध पार्टी र सरकारको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक पनि उपस्थिति हुनेछन्।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ।पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ

">