नेकपा स्थायी कमिटी बैठकमा आज दुई अध्यक्षले मात्र सम्बोधन गर्ने
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज ११ बजेदेखि बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक तय गरिएपनि अहिलेसम्म बैठकका अजेण्डा नटुंगिएको एक सदस्यले बताएका छन्।

"अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन पेश गरेपछि सकिनेछ", स्रोतले भन्यो।

हिजो, ९ असारमा आजको बैठकको अजेण्डाका बारेमा छलफल गर्न बालुवाटारमा दुई अध्यक्षबीच करीब साढे दुई घण्टा छलफल भएको थियो।

नेकपाभित्र एमसीसी विषयको बहस तीब्र विवादमा छ। एमसीसीबारे छलफल गर्न भनी यसअघि २७ जेठ र ३२ जेठमा बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो।

त्यस्तै दुईपटक स्थायी समितिको बैठक बोलाए पनि बस्दै नबसेर स्थगित भइसकेको छ।

२० जना स्थायी समिति सदस्यहरूले लिखितरूपमा नै बैठक राख्नुपर्ने माग गरेपछि २४ वैशाखका लागि बैठक बोलाइएको थियो। तर, अन्तिम समयमा आएर स्थगित भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्