कोरोना कोषमा ३० लाख सहयोग <p>बागलुङ। सुमेघ टुर्स एण्ड ट्राभल्सले यहाँका तीन स्थानीय तहसहित सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ।</p> <p>सरकारको केन्द्रीय कोषमा २० लाख रूपैयाँ, बागलुङ नगरपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको कोरोना व्यवस्थापन कोषमा क्रमशः &nbsp;चार/चार र दुई लाख रूपैयाँ प्रदान गरिएको ट्राभल्सले जनाएको छ।&nbsp;</p> <p>ट्राभल्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाविरूद्धको लडाइँमा राज्यलाई सघाएको सञ्चालक मेघ खत्रीले बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्