सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठक शुरू

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरू भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेकाे छ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएकाे छ। "अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन पेश गरेपछि बैठक सकिनेछ," स्रोतले भन्यो।

हिजो, ९ असारमा आजको बैठकको अजेण्डाका बारेमा छलफल गर्न बालुवाटारमा दुई अध्यक्षबीच करीब साढे दुई घण्टा छलफल भएको थियो।

नेकपाभित्र एमसीसी विषयको बहस तीब्र विवादमा छ। एमसीसीबारे छलफल गर्न भनी यसअघि २७ जेठ र ३२ जेठमा बोलाइएको सचिवालय बैठक स्थगित भएको थियो।

नेकपाभित्र एमसीसी विषयको बहस तीब्र विवादमा छ। एमसीसीबारे छलफल गर्न भनी यसअघि २७ जेठ र ३२ जेठमा बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो।

त्यस्तै दुईपटक स्थायी समितिको बैठक बोलाए पनि बस्दै नबसेर स्थगित भइसकेको छ।

२० जना स्थायी समिति सदस्यहरूले लिखितरूपमा नै बैठक राख्नुपर्ने माग गरेपछि २४ वैशाखका लागि बैठक बोलाइएको थियो। तर, अन्तिम समयमा आएर स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्