यी हुन् नेकपा स्थायी कमिटी बैठकका अजेण्डा, एमसीसी अन्तिम सूचीमा

काठमाडाैं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक जारी छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठककाे शुरूमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मन्तव्य राख्ने कार्यतालिका रहेकाे छ। साेही कार्यतालिका अनुसार अहिले अध्यक्षद्वयले मन्तव्य राख्ने क्रम चलिरहेकाे छ।

बैठककाे दाेस्राे अजेन्डा सरकारकाे कामकाे सम्बन्धमा समीक्षा गर्ने रहेकाे छ। जसमा काेराेना महामारी नियन्त्रण, राेकथाम तथा उपचार, सीमा समस्या र समाधान सम्बन्धमा छलफल हुनेछ।

बैठककाे तेस्राे अजेन्डामा 'पार्टी एकताका बाँकी काम' राखिएकाे छ।

हाल विवादित बनिरहेकाे एमसीसीलाई नेकपाले प्राथमिकताकाे अन्तिम सूचीमा राखेकाे छ। एमसीसी संसदबाट पारित गराउने/नगराउनेबारे नेकपाले निर्णय लिन सकेकाे छैन। यसअघि नेकपाले एमसीसीबारे अध्ययन गर्न गठन गरेकाे समितिले एमसीसीका केही प्रावधान परिमार्जन गरेर मात्र संसदमा लैजानुपर्ने सुझाव दिएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्