वीरगन्ज महानगरपालिकाले ल्यायाे पाैने चार अर्बको बजेट
<p>वीरगन्ज। वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि पाैने चार अर्ब रूपैयाँकाे बजेट सार्वजनिक गरेकाे छ। नगरपालिकाकाे आज सम्पन्न सातौँ नगरसभामा तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार रूपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरिएको हाे। </p>
<p>प्रस्तुत बजेटमा चालुतर्फ एक अर्ब ६२ करोड ६९ लाख १८ हजार, पुँजीगततर्फ दुई अर्ब १७ करोड ४६ लाख ७२ हजार र वित्तीय व्यवस्थातर्फ ६ करोड ३६ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। </p>
<p>कूल खर्चमध्ये आर्थिक विकासतर्फ २५ करोड ९५ लाख २५ हजार, सामाजिक विकासतर्फ ८७ करोड ७७ लाख ३६ हजार, पूर्वाधार विकासतर्फ एक अर्ब ७७ करोड ६ लाख १२ हजार, सुशासन तथा अन्तरसम्बन्धी- वन, वातावरण तथा विपत्समेततर्फ २३ करोड ७५ लाख १६ हजार र कार्यालयतर्फ ७१ करोड ९८ लाख एक हजार रूपैयाँ खर्चको अनुमान प्रस्तुत गरिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्