राप्रपा समर्थित महिला संगठनको विरोध प्रदर्शन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विरोध प्रदर्शन गरेको छ।

संगठनले मुलुकमा अलौकिक रूपमा बढिरहेको भ्रष्टाचार, अव्यवस्थित क्वारेन्टाइन लगायतका विरूद्ध र्‍याली तथा कोणसभा सम्पन्न गरेको हो।

बबरमहलमा भेला भएका महिला संगठनका नेता तथा कार्यकर्ताले सामाजिक दूरी कायम गर्दै निकालेको विरोध र्‍याली नयाँ वानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री एवं संगठनकी अध्यक्ष कुन्तीकुमारी शाहीले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान नदिएर सरकार भ्रष्टाचारमा मात्र केन्द्रित भएको आरोप लगाइन्।

विरोध र्‍यालीमा सहभागीले महिलामैत्री क्वारेन्टाइन, लकडाउनमा भएको महिला हिंसा अन्त्य, क्वारेन्टाइनमा बलात्कृत भएकी महिलालाई क्षतिपूर्तिको व्यवस्था, भ्रष्टाचारीलाई कारबाहीलगायत माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्