काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला र पुरूषबीच विभेदको रेखा कोर्न नहुने धारणा राखेका छन्।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमामार्फत देउवाले महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने, समानताको अवधारणा र मर्मअनुरुप नागरिकता विधेयक अघि बढाउन सत्तारूढ नेकपासँग माग गरेका छन्।
“हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ,” उनले लेखेका छन्, “छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि।”
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्न नहुने उनको धारणा छ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पारित भएको नागरिकतासम्बन्धी सात वर्षे प्रावधानको देउवाले विरोध गरेका छन्।