कैलाली। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि डेढ अर्ब बढीको बजेट प्रस्तुत गरेको छ। उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट पाँचौं नगर सभामा सार्वजनिक गरिन्।
प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ ८५ करोड र पूँजीगततर्फ ७८ करोड ८२ लाख रहेको छ। बजेटमा आयतर्फ आन्तरिक आय १९ करोड ९९ लाख ७३ हजार ६६०, वित्तीय समानिकरण २९ करोड २ लाख, राजश्व बाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान एक करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३४० उल्लेख गरिएको छ।
बजेटमा कोभिड–१९ बाट सिर्जित संकट व्यवस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा संचारमा विकासलाई प्राथमिकतामा राखिएको छ। यसैगरी, आगामी वर्षको बजेटमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा विशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरणमा विशेष जोड दिने उल्लेख छ।
" /> कैलाली। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि डेढ अर्ब बढीको बजेट प्रस्तुत गरेको छ। उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट पाँचौं नगर सभामा सार्वजनिक गरिन्।प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ ८५ करोड र पूँजीगततर्फ ७८ करोड ८२ लाख रहेको छ। बजेटमा आयतर्फ आन्तरिक आय १९ करोड ९९ लाख ७३ हजार ६६०, वित्तीय समानिकरण २९ करोड २ लाख, राजश्व बाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान एक करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३४० उल्लेख गरिएको छ।

">