कपिलवस्तु घटनामा मानव अधिकार आयोगको ध्यानाकर्षण

काडमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले कपिलवस्तु घटनाका विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

आयोगका निमित्त सचिव मुरारिप्रसाद खरेलले आज एक विज्ञप्ति जारी गर्दै कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका हुन्।

आयोगको प्रदेश कार्यालय बुटवलबाट अनुगमन टोली आजै घटनास्थल पुगेर अनुगमन समेत गरिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

“सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमित रूपमा सञ्चालन गर्न, गराउन आयोग नेपाल सरकार लगायत सम्बन्धित पक्षहरुलाई आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ।

लक्ष्मीपूजाको मुर्ति विसर्जन गर्ने विषयमा आज बिहान दुई पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो। त्यसक्रममा प्रदर्शन हुँदा प्रहरीको गोली लागेर २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको थियो। उनी भारतको सिद्धार्थनगर जिल्लाका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

पढ्नुहाेस्

कपिलवस्तुमा तनाव कायमै (अपडेट)

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु (अपडेट)

प्रतिक्रिया दिनुहोस्