टीकापुर नगरको बजेटमा ‘हाम्री छोरी, प्यारी छोरी’
कैलाली। कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ।

बजेटमा ‘हाम्री छोरी, प्यारी छोरी’ जस्ता विगतका कार्यक्रमलाई निरन्तरता दिएको छ भने स्वास्थ्य एवं विकास निर्माणमा नयाँ कार्यक्रम अगाडि सारेको छ ।

नगरपालिकाले चालुतर्फ ४५ करोड २४ लाख ११ हजार ७४९ तथा पूँजीगततर्फ २५ करोड ८३ लाख ४४ हजार ३०० रूपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले कोभिड-१९ को संक्रमण रोकथाम एवं उद्धारका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ।

सातौँ नगरसभामा आगामीका लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावल विष्टले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ५० लाख बजेट विनियोजन गरिएको बताइन्।

नगरपालिकाले विशेषज्ञ सेवा, निःशुल्क रगत, एम्बुलेन्स, आमासँग उपप्रमुख जस्ता कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ। टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसीयू सेवा सञ्चालनका लागि ५० लाख ४० हजार, निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि दुई लाख बजेट विनियोजन गरेको छ ।

आमासँग उपप्रमुख कार्यक्रमका लागि १० लाख, नमूना स्वास्थ्य चौकी र पोषणमैत्री वडा कार्यालयका लागि १० लाख, आयुर्वेद स्वास्थ्य कार्यक्रमका लागि ३२ लाख बजेट विनियोजन गरिएको छ।

यी कार्यक्रमसहित स्वास्थ्य क्षेत्रको विकासका लागि चार करोड ७८ लाख ९३ हजार ३६ विनियोजन गरेको छ। त्यस्तै, बालविवाह न्यूनीकरण गर्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमलाई निरन्तरता दिन पाँच लाख विनियोजन भएको छ।

छाउपडी गोठमुक्त नगरपालिका घोषणा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाको क्षमता विकास तथा अपाङ्गता भएकाको परिचयपत्र वितरणका लागि ५० हजार बजेट विनियोजन गरेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्