नेपाली सेनाकाे सैन्य ट्रान्सपोर्ट बिमान आइपुग्दै

काठमाडौं । नेपाली सेनाले २ वर्षअघि खरिद प्रक्रिया अगाडि बढाएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान १६ कात्तिकमा नेपाल आइपुग्ने भएको छ ।

सो बिमान १३ कात्तिकमा हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौंका लागि उडेको नेपाली सेनाले जनाएको छ ।

“बुधवार हामीलाई हस्तान्तरण गरिएको थियो, शनिबार यहाँ पुग्दैछ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले देखापढीलाई भने,“यहाँ ल्याइसकेपछि सेनाका चालकदलका सदस्यले परीक्षण उडान गर्नेछन्।”

त्यहाँको सरकारी कम्पनी पीटी डिरागान्तारा इन्डोनेसियाले निर्माण गरेको उक्त विमान त्यहाँकै चालकदलका सदस्यहरुले उडान भरेर ल्याउन लागेको उनले बताए ।

नेपाली सेनाले ३० जुन २०१७ मा ३० मिलियन अमेरिकी डलर (करीब ३ अर्ब ३० करोड रूपैयाँ) मा उक्त बिमान खरीदको सम्झौता गरेको थियो ।

“यो विमान आएपछि विपद् व्यवस्थापनमा निकै सहज हुनेछ,” प्रवक्ता पाण्डेले भने,“आवश्यकता अनुसार अन्य काममा पनि उपयोग गर्न सकिने छ ।”

सामान ढुवानी, कार्गो, प्याराट्रूप, भीभीआईपी र भीआइपी उडानका लागिसमेत प्रयोगमा ल्याउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्