काठमाडौं। कोभिड-१९ को मारमा परेका साना होटल व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गरी १४ बुँदे माग सार्वजनिक गर्दै साना होटल व्यवसायीहरूले आन्दोलको चेतावनी दिएका हुन्। आफ्ना मागहरूको सुनुवाई नभए आन्दोलनमा जानुको विकल्प नरहेको उनीहरूको भनाई छ।
साना होटल व्यवसायीहरूको छाता संगठन होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले कोभिड–१९का कारण आफूहरूले भोग्दै आएको समस्याप्रति सरकारले वास्ता नगरेको गुनासो गरे। उनले साना र ठूला होटलबीच सरकारले विभेद गरेको पनि आरोप लगाए।
साना होटलहरूले विदेशबाट आउने नागरिकलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्न बिना शुल्क होटल दिन तयार रहँदा समेत तारे होटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको उनको आरोप थियो। अध्यक्ष शाहले विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्था गर्न पनि माग गरे।
घरभाडामा ५० प्रतिशत छुट, घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत, बिजुली पानीको महशुलमा १ वर्ष सम्म छुट, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत, एकवर्षको व्यवसाय कर तथा राजश्वमा छुट हुनुपर्ने उनीहरूको माग छ।
त्यस्तै बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्न, सहुलियत ब्याजदरमा कर्जाको उपलब्धता, होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था मिलाउन पनि व्यवसायीहरूको माग छ।
" /> काठमाडौं। कोभिड-१९ को मारमा परेका साना होटल व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गरी १४ बुँदे माग सार्वजनिक गर्दै साना होटल व्यवसायीहरूले आन्दोलको चेतावनी दिएका हुन्। आफ्ना मागहरूको सुनुवाई नभए आन्दोलनमा जानुको विकल्प नरहेको उनीहरूको भनाई छ।साना होटल व्यवसायीहरूको छाता संगठन होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले कोभिड–१९का कारण आफूहरूले भोग्दै आएको समस्याप्रति सरकारले वास्ता नगरेको गुनासो गरे। उनले साना र ठूला होटलबीच सरकारले विभेद गरेको पनि आरोप लगाए।

">