नेपाली क्रिकेट टीमको कप्तान बन्नु सम्मानः ज्ञानेन्द्र मल्ल

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले नेपालको कप्तान बन्नु आफ्नो लागि सम्मान भएको बताएका छन्।

नेपाल क्रिकेट संघ क्यानले १३ असोजमा ज्ञानेन्द्रलाई कप्तान नियुक्त गरेको थियो। ज्ञानेन्द्रले आज सामाजिक सञ्चालमार्फत आफ्नो लागि कप्तान बन्नु सम्मानको विषय भएको उल्लेख गरेका हुन्।

“पारस खड्काको नेतृत्वमा टीमले सधैँ सुखद् उचाई लिएको थियो र पूरै टीमले ड्रीम गाइड पाएको थियो” ज्ञानेन्द्रले भनेका छन्, “त्यो ठूलो उत्तरदायित्व म मा आएको छ, सफलतालाई कायम राख्न म सबै काम गर्नेछु र आगामी दिनमा पनि टीमलाई त्यही अवस्थामा कायम राख्नेछु।”

उनले आफूलाई सपोर्ट गर्ने र माया गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै सधैँ उत्प्रेरित भइरहेको जनाएका छन्।

२८ असोजमा पारसले कप्तानबाट राजीनामा दिएपछि नेपाली टीम कप्तानबिहीन थियो। दुई सातापछि क्यानले पारसको राजीनामा स्वीकृत गर्दै ज्ञानेन्द्रलाई अर्को निर्णय नभएसम्मको लागि कप्तान चयन गरेको हो।

अर्को सातादेखि विश्वकै पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को टीमले नेपाल भ्रमण गर्दैछ। भ्रमणमा एमसीसीले नेपालको सिनियर टीमसँग एउटा ५० ओभरको खेल र एउटा तीनदिवसीय खेल खेल्नेछ। एमसीसीले नेपाल रहँदा कूल ६ खेल खेल्ने तालिका छ।

ज्ञानेन्द्रको कप्तानीमा नेपालको पहिलो खेल विश्वकै पुरानो र चर्चति टीम एमसीसीसँग हुने पक्का भएको छ।

पढ्नुहाेस्

एमसीसीसँगको खेलका लागि ज्ञानेन्द्रको कप्तानीमा तीन छुट्टाछुट्टै टीम घोषणा, पारसले वानडे मात्र खेल्ने

नेपालले इमर्जिङ टीम्स एशिया कप खेल्ने, पहिलो खेल भारतसँग

ज्ञानेन्द्रको कप्तानीमा पहिलो खेल विश्व प्रसिद्ध क्लब एमसीसीसँग

ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टीमको नयाँ कप्तान

प्रतिक्रिया दिनुहोस्