काठमाडौं। पाँच युवाहरूको समूह मिलेर ईकमर्श कम्पनी ‘राम्रो मार्ट’ सञ्चालनमा ल्याएका छन्। लकडाउनले रोजगारी गुमेपछि युवाहरूले १० असारदेखि ईकमर्श कम्पनी ‘राम्रो मार्ट’ सञ्चालनमा ल्याएका हुन्।
उनीहरू विगत १० वर्षदेखि विभिन्न प्रकारका व्यवसायिक क्षेत्रमा आबद्ध थिए। तर, लकडाउनले तीन महीनादेखि घरमै बसिरहेका थिए। कम्पनीका सहसंस्थापक अमित नेपालले लकडाउनले गर्दा पहिलादेखि गरिरहेको रोजगारी गुमेपछि नयाँ व्यवसाय सञ्चालनमा ल्याएको बताए।
“यसअघि सञ्चालन भइरहेको ट्राभल एजेन्सी अहिले बन्द छ। त्योभन्दा अगाडी विभिन्न प्रकारका व्यापारमा पनि लागियो। तर, अहिले लकडाउनले रोजगारी गुमेको छ”, उनले भने। रोजगारी गुम्नुका साथै, लकडाउपछि ईकमर्श व्यवसायतर्फ बढी रहेको आकर्षणलाई मध्येनजर गर्दै नयाँ कम्पनी खोलिएको उनको भनाइ छ।
कम्पनीले ‘नूनदेखि सुनसम्म’ भन्ने नारासहित राम्रो बजार सञ्चालनमा ल्याएको हो। कम्पनीले दैनिक रूपमा आवश्यक पर्ने अत्यावश्यक सबै प्रकारका वस्तुको आपूर्ति गर्ने लक्ष्य लिएको छ। ग्राहकको मागअनुसार सबैप्रकारका सामग्री उपलब्ध गराउने लक्ष्य लिएपनि अहिलेलाई इलेक्ट्रिक सामग्री र मोबाइल मात्रै बिक्री गर्नेछ।
" /> काठमाडौं। पाँच युवाहरूको समूह मिलेर ईकमर्श कम्पनी ‘राम्रो मार्ट’ सञ्चालनमा ल्याएका छन्। लकडाउनले रोजगारी गुमेपछि युवाहरूले १० असारदेखि ईकमर्श कम्पनी ‘राम्रो मार्ट’ सञ्चालनमा ल्याएका हुन्।उनीहरू विगत १० वर्षदेखि विभिन्न प्रकारका व्यवसायिक क्षेत्रमा आबद्ध थिए। तर, लकडाउनले तीन महीनादेखि घरमै बसिरहेका थिए। कम्पनीका सहसंस्थापक अमित नेपालले लकडाउनले गर्दा पहिलादेखि गरिरहेको रोजगारी गुमेपछि नयाँ व्यवसाय सञ्चालनमा ल्याएको बताए।

">