काठमाडौं। ६ वटा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ८१ करोड ५५ लाख रूपैयाँको बजेट सार्वजनिक गरेका छन्। काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगञ्ज महानगरपालिकाले १० असारमा आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेका छन्।

६ महानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा ३ अर्ब ८७ करोड ९४ लाख रूपैयाँले कम गरेर आगामी आर्थिक वर्षको आय/व्यय विवरण सार्वजनिक गरेका हुन्। ६ महानगरपालिकामध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाको बजेट छ। काठमाडौंले १६ अर्ब ४२ करोड ७३ लाख रूपैयाँको बजेट आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको छ। सबैभन्दा कम विराटनगर महानगरपालिकाको ३ अर्ब ३७ करोड ८१ लाख रूपैयाँको बजेट छ।

साना पूर्वाधारमा ध्यान, छैनन् आशा जगाउने कार्यक्रम

महानगरपालिकाहरूले सार्वजनिक गरेको बजेटमा आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षका चालु कार्यक्रमलाई नै निरन्तरता दिइएको छ। काठमाडौं महानगरले बजेटमार्फत् सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत सिप विकास कार्यक्रम, मेड इन काठमाडौं, जीवन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस सञ्चालन लगायतका कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने बताएको छ। त्यसैगरी, प्रविधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा संचालन, युवासँग मेयर कार्यक्रम र वडा-वडामा मेलमिलाप शिविर संचालन कार्यक्रम पनि बजेटमा समेटिएका छन्।

महानगरपालिकाको आफ्नै कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंङ भवन निर्माण, पर्यटन पदमार्ग विकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण गर्ने कार्यक्रम बजेटमार्फत् ल्याएको छ। त्यसैगरी, काठमाडौंमा मेगा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात व्यवस्थापन जस्ता कार्यक्रमलाई समावेश गरेर महानगरपालिकाको बजेट आएको छ।

ललितपुर महानगरपालिकाले नीति तथा कार्यक्रममा नै बजेटको अङ्क पनि समावेश गरेर सार्वजनिक गरेको छ। ललितपुर महानगरको बजेटमा कोरोना नियन्त्रण, स्वास्थ्य शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख छ। महानगरले कोभिड-१९ कोषलाई निरन्तरता दिएको छ भने क्वारेन्टाइनको सट्टा आवश्यकताअनुसार होल्डिङ सेन्टर स्थापना गर्ने ललितपुरको योजना छ।

क्षेत्रफलको हिसाबले देशकै ठूलो महानगरपालिका मानिएको पोखराले स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ। पोखराले आगामी आर्थिक वर्षको लागि ६ अर्ब १९ करोड ७१ लाख रूपैयाँ बराबरको आय/व्यय अनुमान सार्वजनिक गरेको छ।  विराटगर महानगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको लागि ३ अर्ब ३७ करोड ८१ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ।

भरतपुर महानगरपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर ४ अर्ब १५ करोड ६४ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ। त्यसैगरी, वीरगञ्ज महानगरपालिकाले भने कोरोना महामारी रोकथाम र नियन्त्रणमा ध्यान दिने बताएको छ। यसका लागि एक घर, एक पीसीआर परीक्षणको कार्यक्रम महानगरपालिकाले ल्याएको छ। वीरगञ्जले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ८६ करोड रूपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

आन्तरिक स्रोत कमजोर, संघकै स्रोतमा भर

महानगरपालिकाहरूले सार्वजनिक गरेको बजेटमा आन्तरिक स्रोतको परिचालन निकै कम मात्रामा उल्लेख भएको छ। कोरोना महामारीका कारण स्थानीयस्तरमा आर्थिक गतिविधि प्रभावित हुँदा महानरपालिकाको बजेट समेत प्रभावित भएको छ। काठमाडौं महानगरपालिकाले १६ अर्ब ४२ करोडको बजेटमध्ये आन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड रूपैयाँ आन्तरिक स्रोतबाट बेहोर्ने बताएको छ।

त्यसबाहेक, नेपाल सरकार तथा प्रदेश सरकारबाट नि:शर्त अनुदानबापत एक अर्ब ४२ करोड, सशर्त अनुदानबापत दुई अर्ब ५७ करोड उपलब्ध हुने महानगरको बजेटमा उल्लेख छ। पोखरा महानगरपालिकाले पूर्वाधार विकासमा २ अर्ब ७३ करोड ४० लाख, शिक्षातर्फ एक अर्ब २९ करोड ६३ लाख, कृषि तथा पशुतर्फ ३ करोड ८९ लाख विनियोजन गरेको छ । यसमा खर्च हुने अधिकांश रकम पनि संघ र प्रदेश सरकारबाट आउने नि:शर्त र शसर्त अनुदान नै रहेका छन्।

भरतपुर महानगरपालिकाले ल्याएको बजेटमा अन्तरसरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आयबाट ९० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ६९ करोड दुई लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ४६ करोड १२ लाख ५१ हजार प्राप्त हुने उल्लेख छ।

" /> काठमाडौं। ६ वटा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ८१ करोड ५५ लाख रूपैयाँको बजेट सार्वजनिक गरेका छन्। काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगञ्ज महानगरपालिकाले १० असारमा आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेका छन्।

"> ६ महानगरको बजेट ३८ अर्ब ८१ करोड : आन्तरिक स्रोत कमजोर, संघकै स्रोतमा भर: Dekhapadhi
६ महानगरको बजेट ३८ अर्ब ८१ करोड : आन्तरिक स्रोत कमजोर, संघकै स्रोतमा भर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्