काठमाडौं। सवारी व्यवसायीले अटोमोबाइलमैत्री मौद्रिक नीति ल्याउन माग गरेका छन्। आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष व्यवसायीले उक्त माग राखेका हुन्।
नाडा अटोमोबाइल संघ नेपालका प्रतिनिधिले गभर्नर अधिकारीलाई भेटी सवारी व्यवसायमैत्री मौद्रिक नीति ल्याउन भनेका हुन्। उनीहरूले राष्ट्रलाई आर्थिक समुन्नत र समृद्ध बनाउन सवारीसाधनको व्यापार अपरिहार्य रहेको बताए।
आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले नेपालको समग्र अटोमोबाइल व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा उनीहरूको जोड थियो। प्रत्येक नेपालीको आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनुपर्नेमा त्यसको ठीक उल्टो नीति आइरहेको व्यवसायीले गुनासो गरेका छन्।
निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुनर्विचार गरी ९० प्रतिशत पुर्याउन माग गरेको संघले जनाएको छ। यस्तो व्यवस्था ल्याए सवारीसाधनको व्यापार बढ्ने र राजस्व बढ्ने उनीहरूको भनाइ छ।
छलफलका क्रममा गभर्नर अधिकारीले अटोमोबाइल व्यवसायीलाई राहात महसुस हुने गरी मौद्रिक नीति ल्याउने प्रतिबद्धता जनाए। उनले व्यवसायीले नेपालमै सवारी एसेम्बलिङ उद्योग खोल्नुपर्नेमा जोड दिएका थिए।
" /> काठमाडौं। सवारी व्यवसायीले अटोमोबाइलमैत्री मौद्रिक नीति ल्याउन माग गरेका छन्। आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष व्यवसायीले उक्त माग राखेका हुन्।नाडा अटोमोबाइल संघ नेपालका प्रतिनिधिले गभर्नर अधिकारीलाई भेटी सवारी व्यवसायमैत्री मौद्रिक नीति ल्याउन भनेका हुन्। उनीहरूले राष्ट्रलाई आर्थिक समुन्नत र समृद्ध बनाउन सवारीसाधनको व्यापार अपरिहार्य रहेको बताए।

">