कैलाली। प्रदेश सरकारले कोभिड-१९ महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रतिपक्ष दलले आजको प्रदेश सभा बैठक पनि अवरुद्ध गरेका छन।
यसअघि १० असारको बैठक पनि अवरुद्ध पारेका थिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र अर्को प्रतिपक्ष राजपाले बैठक अवरुद्ध गरेका हुन्।
कोरोना नियन्त्रण तथा पीसीआर परीक्षण गर्न नसकेपछि जनता निराश भएको भन्दै प्रदेश सरकारलाई दबाव दिन वैठक अवरुद्ध गरिएको हो।
राजपाका सांसद कृष्णकुमार चौधरीले सभामा प्रदेश सरकारको औचित्य सकिएको बताए। उनले कोरोना नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै भीटीएम लगायतका सामग्री सकिदा समेत कुनै पहल नभएको आरोप लगाए।
पीसीआर जाँचबिना घर पठाईदा समुदायमा जोखिम वढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलका नेता डा. रणवहादुर रावलले बताए।
उनले २०७५ सालदेखिको बजेट एकलौटी रूपमा आएको र त्यसमा समानुपातिक बजेट नआएकोलेले नसच्चिदासम्म संसद अवरुद्ध जारी नै रहने बताए।
अवरोधपछि सभामुख अर्जुनबहादुर थापाले १४ गते दिउँसो तीन बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको जानकारी गराएका छन्।
" /> कैलाली। प्रदेश सरकारले कोभिड-१९ महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रतिपक्ष दलले आजको प्रदेश सभा बैठक पनि अवरुद्ध गरेका छन।यसअघि १० असारको बैठक पनि अवरुद्ध पारेका थिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र अर्को प्रतिपक्ष राजपाले बैठक अवरुद्ध गरेका हुन्।

">