काठमाडौं। दोलखा घर भई असनमा जुत्ता पसल चलाइरहेका व्यापारी शंकर बस्नेत पसल छाड्ने योजना बनाइरहेका छन्।
तीन महीनासम्मको लकडाउनपछि बजारको अवस्था देखेर उनले पसल नै छाड्ने योजना बनाएका हुन्।
लकडाउन खुकुलो भएसँगै उत्साहित भएर अरू व्यापारीले जस्तै उनले पनि पसल खोलेका थिए। तर, पसल खोलेको जानकारी पाएपछि ग्राहकभन्दा अगाडि घरभेटी आइपुगेको उनले बताए।
“दुई/चार पैसाको व्यापार गरौं भनेर पसल खोलेको थिएँ। तर, पसलमा छिर्ने पहिलो मान्छे घरभेटी बने,” व्यापारी बस्नेतले देखापढीसँग भने।
पसल खोलेदेखि घरभाडा माग्न प्रत्येक दिनजसो घरभेटी आउने गरेको उनको भनाइ छ। यही क्रम चलिरहे पसल नै छाड्ने सोच बनाइसकेको उनले बताए।
‘‘लकडाउनले व्यापार गर्नै पाइएन। अहिले पनि खासै व्यापार छैन, कसरी भाडा तिर्नु,’’ न्यूरोडका व्यापारी च्याङ्बा तामाङले भने, “अब पसल नै छाडिदिन्छु। केही महीना घर गएर बस्छु। सके फेरि व्यापारमा आउँछु, नभए जे हुन्छ हुन्छ।”
“मासिक ६० हजारको दरले तीन महीनाको भाडा झण्डै दुई लाख रूपैयाँ हुन्छ। तीन महीना यत्तिकै बस्नुपर्यो। अब कमाएर तिर्छु भन्दा पनि घरभेटी मान्दैनन्। त्यसैले पसल नै छाड्नुपर्ने स्थिति आएको छ,” उनले भने।
यस्तै, घट्टेकुलोमा खुद्रा किराना पसल चलाइरहेकी रविना कार्कीसमेत पसल छाड्ने सोचमा छिन्।
नुवाकोट घर भएकी उनले कोरोना महामारी शुरू हुनुभन्दा दुई महीनाअघि मात्रै लिएको पसल लकडाउनले गर्दा खोल्नै समस्या भयो। सरकारले किराना पसल खोल्न भने पनि प्रहरी आएर प्रत्येक दिन सटर बन्द गरिदिन्थे।
केही दिनसम्म यही क्रम दोहोरिएपछि कार्कीले पसल खोल्नै छाडेकी थिइन्। लकडाउन खुकुलो भए पनि सोचेजस्तो व्यापार नहुँदा अब केही दिनमै पसल छाड्ने तयारीमा लागेको उनले बताइन्।
कार्कीले पसलको भाडा मासिक १५ हजारका दरले तीन महीनामा ४५ हजार रूपैयाँ पुगेको बताइन्। यता, पसलमा सामान सकिन थालेको र थप्न पैसा नभएपछि पसल नै छाड्ने निर्णयमा पुगेको उनले सुनाइन्।
बस्नेत र कार्कीकै जस्तो समस्या सुनाउँछन् अर्का व्यापारी च्याङ्बा तामाङ। न्यूरोडमा कपडा पसल सञ्चालन गरिरहेका तामाङलाई घरभेटीले घरभाडा मागेर हैरान पारेका छन्।
घरधनीले दैनिकजसो पसलमा आएर भाडा माग्ने र समयमै दिन दबाब दिइरहेको उनले गुनासो गरे। ‘‘लकडाउनले व्यापार गर्नै पाइएन। अहिले पनि खासै व्यापार छैन, कसरी भाडा तिर्नु,’’ व्यापारी तामाङले भने, “अब पसल नै छाडिदिन्छु। केही महीना घर गएर बस्छु। सके फेरि व्यापारमा आउँछु, नभए जे हुन्छ हुन्छ।”
व्यापारबाहेक अन्य पेशाको ज्ञान र अनुभव नभएकाले पछि फेरि व्यापारमै फर्किने उनको सोच छ।
पछिल्लो समय अधिकांश साना व्यापारी व्यवसायबाटै पलायन हुन थालेका छन्। आफूसँग भएको पैसामा केही थप ऋण गरेर स्वरोजगार बन्ने योजनासहित व्यापार व्यवसाय सञ्चालन गरेका साना व्यापारी लकडाउनको मारमा परेका हुन्।
पसल तीन महीनासम्म बन्द भएको र घरभेटीलाई बुझाउनुपर्ने पैसा नभएपछि पसल नै छाड्नुपर्ने बाध्यतामा परेको उनीहरू बताउँछन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले घरभेटीको अनावश्यक ‘टर्चर’ का कारण धेरै व्यापारी व्यवसायबाटै पलायन हुनेक्रम बढेको बताए। उनले ठमेल र न्यूरोडजस्ता मुख्य व्यापारिक क्षेत्रका व्यापारी धेरै समस्यामा परेको र अन्य क्षेत्रका व्यापारीलेसमेत उही समस्या भोगिरहेको बताए।
आफूसँग भएको थोरै पैसा पनि लकडाउनमा सकिएपछि पसललाई चाहिने थप सामान किन्ने पैसा जोहो गर्न र घरभाडा तिर्न सक्ने अवस्था नभएको साना व्यवसायीको भनाइ छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले घरभेटीको अनावश्यक ‘टर्चर’ का कारण धेरै व्यापारी व्यवसायबाटै पलायन हुनेक्रम बढेको बताए।
उनले ठमेल र न्यूरोडजस्ता मुख्य व्यापारिक क्षेत्रका व्यापारी धेरै समस्यामा परेको र अन्य क्षेत्रका व्यापारीलेसमेत उही समस्या भोगिरहेको बताए।
अध्यक्ष कटुवालका अनुसार ठमेल र न्यूरोड क्षेत्रको घरभाडा दर महँगो भएकाले त्यहाँका व्यापारी सबैभन्दा बढी प्रभावित भएका छन्।
घरधनीले घरभाडा, बैंक र सहकारीले ऋणको किस्ता र ब्याज माग्दै थप दबाब दिए हजारौं व्यापारी पलायन हुने महासंघको प्रक्षेपण छ।
यसरी व्यापारी पलायन हुँदा घरभेटीको भाडा र बैंकको ऋणसमेत जोखिममा पर्नसक्ने महासंघले जनाएको छ।
" /> काठमाडौं। दोलखा घर भई असनमा जुत्ता पसल चलाइरहेका व्यापारी शंकर बस्नेत पसल छाड्ने योजना बनाइरहेका छन्।तीन महीनासम्मको लकडाउनपछि बजारको अवस्था देखेर उनले पसल नै छाड्ने योजना बनाएका हुन्।

">