काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विशेष कामका कारण जारी स्थायी कमिटी बैठकमा उपस्थित नभएको जानकारी दिएका छन्।
उनले बैठकमा सरकारको काम कारबाहीमाथि स्थायी समिति सदस्यहरूबाट हुने आलोचना सुन्न नचाहेर प्रधानमन्त्री ओली उपस्थित नभएको भन्ने सत्य नभएको बताए।
‘‘प्रधानमन्त्री विशेष कामले नआउनुभएको हो, अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गर्दै गर्ने र केही समयमा जोइन हुने कुरा जानकारी दिनुभएको छ,’’ बैठकमा सहभागी भएर निस्किएका मन्त्री भट्टराई सञ्चारकर्मीसँग भने, ‘‘उहाँ नभए पनि बहस नोटमा राखेका हुन्छौं। त्यहाँ भएका कुराहरू दुवै अध्यक्षलाई रिपोर्टिङ हुन्छ। अन्तिममा जवाफ दिनेबेला दुवै अध्यक्षले उठेका सबै विषय सम्बोधन गर्नुहुन्छ।’’
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आज सीमा समस्यासम्बन्धी छलफल चलिरहेको उनले बताए।
मन्त्री भट्टराईका अनुसार बैठकमा अहिलेसम्म स्थायी समिति सदस्यहरू बेदुराम भुसाल, रघुवीर महासेठ, पम्फा भुसाललगायत १० जना बढीले आफ्नो विचार राखिसकेका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विशेष कामका कारण जारी स्थायी कमिटी बैठकमा उपस्थित नभएको जानकारी दिएका छन्।उनले बैठकमा सरकारको काम कारबाहीमाथि स्थायी समिति सदस्यहरूबाट हुने आलोचना सुन्न नचाहेर प्रधानमन्त्री ओली उपस्थित नभएको भन्ने सत्य नभएको बताए।

">