प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवासाले नेपालस्थित भारतीय दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई पत्र लेख्दै महेन्द्रनगरलगायतका बजार क्षेत्रमा बनवासाका व्यापारीको उधारो बाँकी रहेको जनाएको छ।
लकडाउन तथा नेपाल भारत सीमा नाका बन्द हुँदा व्यापारीहरूले नेपाली व्यापारीलाई दिएको उधारो सामानको पैसा लिन समस्या भएको मण्डलका उपाध्यक्ष सञ्जय अग्रवालले लेखेको पत्रमा उल्लेख गरिएको छ।
वनवास बजारको ९५ प्रतिशत व्यापार नेपालसँग रहेको भन्दै लकडाउनका कारण समस्या परेको छ। व्यापारका क्रममा उधारोमा समान लैजाने गरेको तर, बन्दका कारण फिर्ता नहुँदा समस्या भएको उल्लेख गरिएको छ।
वनवासका व्यापारीले बरेली, हल्द्धानी तथा खटिमाका व्यापारीबाट नै उधारोमा समान ल्याउने गरेको भन्दै अहिले उनीहरूले पनि पैसाका लागि ताकेका गर्दै आएको पत्रमा भनिएको छ।
वनवासका व्यापारीलाई नेपाल जाने वातावरण बनाइदिन अनुरोध गरिएको छ। नेपालका पूर्वसैनिकहरू पेन्सन बुझ्न भारतमा सहजरूपमा गइरहेको तर, भारतबाट आउन रोक लगाइएको भन्दै त्यसका लागि वातावरण बनाइदिन अनुसोध गरिएको हो।
नेपाली व्यापारीसँग सम्पर्क गर्ने वातावरण नमिलाए बनिवासका व्यापारी सडकमा उत्रिनेसमेत चेतावनी दिएको छ।
" /> कञ्चनपुर। सीमावर्ती शहर वनवासाका व्यापारीहरूले नेपाली व्यापारीसँग रहेको उधारो उठाउनका लागि पहल गरिदिन राजदूतलाई पत्र लेखेका छन्।प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवासाले नेपालस्थित भारतीय दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई पत्र लेख्दै महेन्द्रनगरलगायतका बजार क्षेत्रमा बनवासाका व्यापारीको उधारो बाँकी रहेको जनाएको छ।

">