बर्गर किङ १९५३ मा सुरु हुँदा अमेरिका चरम आर्थिक मन्दीको अवस्थामा थियो। सीएनएन १९८० ले जब आफ्नो ब्रोडकास्टिङ सुरू गर्यो तब अमेरिकामा महँगी चुलिएर १५ प्रतिशतसम्म पुगेको थियो ।
उबर तथा एयरबीएनबीले जब आफ्नो कारोबार सुरु गरे तब पूरा दुनियाँ २००७–०९को वित्तीय सङ्कटबाट मुक्तिको खोजी गरिरहेको थियो। यी केही प्रतिनिधि सन्दर्भ हुन् जसले खराब आर्थिक अवस्थामा आफ्नो कारोबार आरम्भ गरेका थिए र स्थापित कम्पनी बन्न सफल पनि भएका थिए।
वासिङ्टनस्थित बाइपार्टिजन पोलिसी सेन्टरका फेलो ड्यान स्ट्राङ्गलरका अनुसार लामो समयसम्म चल्ने कम्पनीहररू देशको खराब अवस्थामा स्थापना भएका देखिन्छन्। खराब अवस्थामा सुरु भएकाले तिनलाई भविष्यमा पर्न सक्ने जोखिमबाट कसरी बच्ने भन्ने ज्ञान हुन्छ।
‘तपाईं यदि मन्दीको समयमा कारोबार थाल्नु हुन्छ भने कम्पनीलाई सफल पार्न हरेकखालका मेहनत गर्नु हुन्छ। तपाईं यस्तो समयमा काम गरिरहनु भएको हुन्छ कि चौतर्फी समस्या हुन्छन्, पैसा जुटाउन पनि कठिन परिरहेको हुन्छ। बजारमा ग्राहक हुँदैनन्, तपाईं त्यसको खोजी गरिरहनु भएको हुन्छ,’ उनी भन्छन्।
हामी सबैलाई थाहा छ, अहिले संसारभर कोरोनाको सङ्कट छ। कयौं मुलुक लकडाउनमा छन्। विश्व बैङ्ले २०२० मा वैश्विक अर्थव्यवस्थामा ५.२ प्रतिशतले गिरावट आउने बताइसकेको छ। द्वितीय विश्वयुद्ध र १९४६ पश्चात् संसारमा यस्तो आर्थिक सङ्कट आइपरेको थिएन।
अमेरिकी अर्थव्यवस्था केही समय अघिदेखि नै मन्दीको सामना गरिरहेको छ। बेलायतको हालत पनि उस्तै छ। ३१४ वर्षमा यत्तिको गहिरो सङ्कट आफूले भोग्नु नपरेको बेलायतले बताएको छ।
तर विभिन्न अध्ययनहरुको निष्कर्ष छ– खराब अवस्थामा सुरु भएका कम्पनीको दौड लामो र सफल रहँदै आएको छ। अब प्रश्न उठ्छ– कोरोना सङ्कट (२०२०) मा के नयाँ ठूलो कम्पनी स्थापना होलान् ? कोरोनाकालमा कतिपय नयाँ कम्पनी सुरु भएका छन्।
युनिभर्सिटी अफ क्यालिफोर्निया सान्टा क्रुजमा अर्थव्यवस्थाका प्राध्यापक रोबर्ट फेयरली भन्छन्, ‘नयाँ कम्पनी सुरु भएका छन्, यसको कारणमा रोजगारी अभाव पनि रहेको देखिएको छ। कोरोनाले जागिर गुमेका कारण पनि कतिपय मानिस आफ्नै काम सुरु गर्न थालेका छन्।’ उनी यसलाई उद्यमवृत्ति भन्छन्। मासिक वा आवधिक तलब आउन बन्द भएपछि कतिपय मानिसले आफ्नै कम्पनी सुरु गर्ने क्रम बढेको छ।
कोरोना सङ्कटमा केही कम्पनीको सफलता उचालिएको देखिएको छ। यसमा घरेलु सुविधा तथा डेलिभरी सेवासम्बन्धी व्यवसाय जमेका छन्। २०१८ मा अमेरिकामा पेन्टको कारोबार सुरु गरेको निकोल गिम्बसको व्यापार लकडाउनमा खुब फस्टाएको छ। मानिसहरु अहिले घर सजाउने काममा ध्यान दिन थालेका छन्।
(बीबीसी)