काठमाडौं। आजदेखि शुरू भएको सत्तारुढ नेकपा स्थायी कमिटी बैठकमा अतिक्रमित भूमिका विषयमा छलफल भएको छ।
बैठकको प्रारम्भमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई वार्ताका लागि पटक-पटक आग्रह गरे पनि सकारात्मक नदेखिएको जानकारी गराएका थिए।
मन्त्री ज्ञवालीले सीमा विवादका विषयमा अहिलेसम्म भएको विकासक्रमका विषयमा जानकारी गराएका थिए। अतिक्रमित भूमि फिर्ता गर्ने सवालमा भारतसँग पहल गरिरहेको जानकारी बैठकलाई गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी लिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै प्रवक्ता श्रेष्ठले भने, “भारतले अहिलेसम्म वार्ताका लागि सकारात्मक भएको छैन। हामी आशा गर्छौं भारत वार्ताका लागि तयार हुनेछ। कूटनीतिक माध्यमबाटै समस्याको समाधान गर्ने विषयमा टुंगोमा पुगिने मन्त्री ज्ञवालीले बताउनु भएकाे थियाे।”
मन्त्री ज्ञवालीले केही सञ्चारमाध्यमले चीनद्वारा पनि नेपाली भूमि अतिक्रमण भएको भन्दै प्रचार गरिएको विषयमा पनि बैठकलाई जानकारी गराएका थिए। चीनले पनि नेपाली भूमि मिचेको भनेर समाचार आएकाे भन्दै त्याे झुठो र भ्रामक प्रचार भएकाे भनेर जानकारी गराएका थिए।
चीनसँग सीमा अतिक्रमणको कुनै विवाद छैन नभएकाे भनेर जानकारी गराएका थिए।
आजको बैठकमा १८ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका थिए।
स्थायी कमिटी सदस्यहरू लिलामणि पोखरेल, मात्रिका यादव, देव गुरुङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विक, यदुराम भुसाल, रघुविर महासेठ, अमृत बोहरा, भीम रावल, मुकुन्द न्यौपाने, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, केशव बडाल, नारायणकाजी श्रेष्ठले आफ्नो विचार राखेका थिए।
अर्को बैठक भोलि ११ बजे बस्नेगरी स्थगित गरिएको प्रवक्ता श्रेष्ठले बताए। बैठकमा नेताहरूले अतिक्रमित भू-भागका विषयमा भए गरेको कामलाई तार्किक निष्कर्षमा पुर्याउन सरकारलाई सुझाव दिएका छन्। त्यसमा अझै एकताबद्ध ढंगले अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिएका थिए।
लिम्पियाधुरा, कालापानी, लिपूलेक तथा सुस्तालगायत मिचिएका भूमि फिर्ता ल्याउने विषयमा सरकारले पहल गरोस् भन्नेमा जोड दिइएको प्रवक्ता श्रेष्ठले बताए।
महासचिवले जानकारी दिएअनुसार प्रधानमन्त्री अरू काममा व्यस्त भएकाले उपस्थित हुन नसकेकाे उनकाे भनाइ छ।
“प्रधानमन्त्रीले बैठक चलाउँदै गर्नुहोस् सकेसम्म म आउँदै गर्छु भन्नु भएको थियो। तर, अन्तिम समयसम्म पनि उहाँ आउनु सक्नुभएन”, प्रवक्ता श्रेष्ठले भने।
" /> काठमाडौं। आजदेखि शुरू भएको सत्तारुढ नेकपा स्थायी कमिटी बैठकमा अतिक्रमित भूमिका विषयमा छलफल भएको छ।बैठकको प्रारम्भमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई वार्ताका लागि पटक-पटक आग्रह गरे पनि सकारात्मक नदेखिएको जानकारी गराएका थिए।

">