काठमाडौ। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज दोस्रो दिन पनि जारी रहने छ। आजको बैठक बिहान ११ बजेदेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा शुरू हुनेछ। १० असारमा उद्घाटन गरिएको स्थायी कमिटी बैठक हिजोदेखि अजेण्डामा छलफल गर्दै सुचारु भएको हो। हिजोको बैठकमा सीमाका विषयमा सदस्यहरूले बोलेका थिए।
स्थायी कमिटीको बैठकमा कुन–कुन विषयमा छलफल गर्ने भन्ने कार्यसूची नै बनाइएको छ। सो कार्यसूचीमा नै रहेर हिजोदेखि सदस्यहरूले बोल्ने क्रम शुरू भएको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार हिजोको बैठकमा १८ जना सदस्यले आफ्नो धारणा राखेको बताए। “सीमाका विषयमा सदस्यहरूले आफ्नो विचार राखेका छन्। बोल्न बाँकी सदस्यहरू पनि हुनुहुन्छ”, उनले भने, “आज बोल्न बाँकी सदस्यहरूले पनि त्यस विषयमा धारणा राख्नुहुन्छ होला। नभए अर्को विषयमा छलफल केन्द्रित हुन्छ।”
हिजोको बैठकको प्रारम्भमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई वार्ताका लागि पटक–पटक आग्रह गरे पनि सकारात्मक नदेखिएको जानकारी गराएका थिए। मन्त्री ज्ञवालीले केही सञ्चारमाध्यमले चीनद्वारा पनि नेपाली भूमि अतिक्रमण भएको भन्दै प्रचार गरिएको विषयमा पनि बैठकलाई जानकारी गराएका थिए। चीनले पनि नेपाली भूमि मिचेको भनेर समाचार आएको भन्दै त्यो झुठो र भ्रामक प्रचार भएको भनेर जानकारी गराएका थिए।
नेकपाले बनाएको कार्यसूचीमा एमसीसी परियोजनाको छलफललाई भने अन्तिमतिर राखिएको छ। आजको बैठकमा सीमाका विषयमा बाँकी सदस्यहरूले धारणा राखेपछि कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले गरेको काम, सरकारको समग्र कामको समिक्षा लगायतका विषयमा छलफल केन्द्रित हुने सदस्यहरूले बताएका छन्।
हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। प्रधानमन्त्रीले महासचिवमार्फत् ‘बैठक चलाउँदै गर्न र आफू काम सकेर आउँछु’ भनेपनि अन्तिमसमयसम्म पनि सहभागी हुन सकेका थिएनन्। यद्यपी, आजको बैठकमा भने प्रधानमन्त्री उपस्थित हुन सक्ने नेताहले बताएका छन्।
" /> काठमाडौ। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज दोस्रो दिन पनि जारी रहने छ। आजको बैठक बिहान ११ बजेदेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा शुरू हुनेछ। १० असारमा उद्घाटन गरिएको स्थायी कमिटी बैठक हिजोदेखि अजेण्डामा छलफल गर्दै सुचारु भएको हो। हिजोको बैठकमा सीमाका विषयमा सदस्यहरूले बोलेका थिए।स्थायी कमिटीको बैठकमा कुन–कुन विषयमा छलफल गर्ने भन्ने कार्यसूची नै बनाइएको छ। सो कार्यसूचीमा नै रहेर हिजोदेखि सदस्यहरूले बोल्ने क्रम शुरू भएको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार हिजोको बैठकमा १८ जना सदस्यले आफ्नो धारणा राखेको बताए। “सीमाका विषयमा सदस्यहरूले आफ्नो विचार राखेका छन्। बोल्न बाँकी सदस्यहरू पनि हुनुहुन्छ”, उनले भने, “आज बोल्न बाँकी सदस्यहरूले पनि त्यस विषयमा धारणा राख्नुहुन्छ होला। नभए अर्को विषयमा छलफल केन्द्रित हुन्छ।”

">