कृष्णनगरमा ११ बुँदे सम्झौता, कर्फ्यु कायमै

काठमाडौं। लक्ष्मीको मुर्ति विसर्जन गर्न जाने बाटोको विषयमा भएको दुई समुदायबीचको विवाद आज बिहानबाट टुंगिएको छ।

विवाद समाधान गर्न राति १ बजेको सर्वपक्षीय छलफलमा ११ बुँदे सम्झौता भएको छ। कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु भने जारी छ।

दुई समुदायबीचको विवादले हिंसाको रुप लिनसक्ने देखिएपछि कपिलवस्तुको कृष्णनगरमा हिजोदेखि कर्फ्यु लगाइएको छ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको थियो। अन्य केही सर्वसाधारण र प्रहरीसमेत घाइते भए।

छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएको कपिलवस्तु प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले घटनामा दोषी देखिएका सबैलाई कारबाही गर्ने, मृतकका परिवारलाई क्षतिपूर्तिको लागि सिफारिश गर्ने, घाइतेको उपचारको व्यवस्था गर्ने, सद्भाव बिग्रिन नदिन सबै पक्ष जिम्मेवार बन्ने लगायतको सहमति भएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा भएको छलफलमा प्रहरीका पक्षबाटसमेत दोषी देखिए कारबाही गर्ने सहमति भएको छ।

“अहिले अवस्था सामान्य छ, तर कर्फ्य भने हटाइएको छैन,” डीएसपी मल्लले भने,“अवस्था शान्तिपूर्ण नभएसम्म कर्फ्य कायमै राखिने छ।”

स्थानीय प्रशासनले हिजो बिहान ११ बजेदेखि लागु हुने गरी कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ७०० र पूर्वतर्फ ३०० मिटर क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको थियो।

पढ्नुहाेस्

कृष्णनगरमा कर्फ्यु जारी, १० बजे सुरक्षा समिति बैठक

कपिलवस्तु घटनामा मानव अधिकार आयोगको ध्यानाकर्षण

कृष्णनगरमा मृत्यु हुने भारतीय नागरिक भएको पुष्टि

कपिलवस्तुमा तनाव कायमै (अपडेट)

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु (अपडेट)

प्रतिक्रिया दिनुहोस्