इमर्जिङ टीम्स एशिया कपमा यस्तो छ नेपालसँग खेल्ने भारतीय टोली
काठमाडौं। १२ नोभेम्बरदेखि बंगलादेशमा हुने एसीसी इमर्जिङ एशिया कपका लागि भारतीय टोली घोषणा भएको छ। टोलीमा कुलदीप यादवसहित इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका खेलाडी छन्।

कुलदीपले भारतका लागि तीन वटै फर्म्याटमा खेलिसकेका छन्।

भारतीय टिममा आईपीएल खेलेका कुलदीप यादव र अर्शदीप सिंह रहेका छन्। यस्तै आईपीएलमा लागि छनोट भए पनि चोटका कारण खेल्न नपाएका कमलेश नगरकोटी पनि टिममा छन्।

भारतले विभिन्न प्रदेशबाट 'फस्ट क्लास' क्रिकेट खेलिसकेका खेलाडी समेटेर टोली तयार पारेको हो।

भारत रहेको समूह बी मा नेपाल, बंगलादेश र हङकङ छन्। नेपाली टोली घोषणा हुन बाँकी छ। युएईले अन्तिम समयमा नखेल्ने बताएपछि नेपालले मौका पाएको हो।

नेपाल र भारतबीच १४ नोभेम्बरमा पहिलो खेल हुनेछ।

यस्ताे छ भारतीय टोली
विनायक गुप्ता, चिन्मे सुतार, यस राथोड, अर्मान जफर, कुमार सुरज, सनभिर सिंह, सिद्धार्थ दासई, रितिक शोकिन, शिवम दुबे, सराथ बीआर, अर्यान जुयाल, कमलेस नगरकोटी, अर्शदीप सिंह, कुलदीप यादव र पी रेखाडे ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्