महोत्तरी। असारे गीत गाउँदै हिलाम्य खेतमा पसेर धान रोपिने असार महीना महोत्तरीका किसानका लागि यसपाली उत्साहपूर्ण देखिँदैन। असार दोस्रो साता बित्नै लाग्दा पनि रोपाइँ गर्न नपाएपछि यहाँका किसानलाई असार नीरस बनेको हो। खेतमा पानी नभएपछि जिल्लामा मध्यअसार हुनै लाग्दासम्म रोपाइँको सुरसार नभएको किसान बताउँछन्।

“यसपाली छिटफुट पानी त पर्दै आएको हो, बिउ त कसैगरि हुर्काइयो, तर के गरौँ खेत हिलाम्य हुने गरी पानी नपरेपछि रोपाइँ गर्न पाइएको छैन”, भङ्गहा नगरपालिका–४ रामनगरका ३५ वर्षीय किसान चन्देश्वर राय दनुवारले भने।  जिल्लामा यसपाली जेठभरिनै जसो पानी परी रहेपनि बीउ हुर्केयता खेत हिल्याउने गरी पानी नपरेपछि यहाँ मध्यअसार हुनैलाग्दा पनि सघन रोपाइँ शुरू हुन नसकेको दनुवारको भनाइ छ।

समयमा धानको बिउ नपाउँदा ब्याड राख्न ढिलाइ भएको, मल पाउन नसकेको र अहिले पर्याप्त पानी नहुँदा यहाँका किसान आकाशतर्फ हेर्दै दिन बिताउँदैछन्। “खेतीका लागि पहिलो कुरा सिँचाइको प्रबन्ध हुनपर्ने हो”, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतोले भनिन्, “हाम्रो त वस्ती नजिकका नदी खोल्सीका घरखेत बगाउने र बर्खेभेलले बिजोग बढाउने मात्र छन्, बाँधपैनी (कुलो नहर)को प्रबन्ध नहुनु, बीउमल कहिल्यै ढुक्कसँग पाउन नसक्नु र आम किसानसम्म सुविधा नपुग्नु राम्रो खेती हुन नसक्नुका मुख्य समस्या हुन्।”

यतिखेर घरगुजाराको मुख्यबाली धान रोप्न नपाएपछि यहाँका किसान परिवारको पालनपोषण यसपाली कसरी गर्ने भन्ने चिन्तामा छन्। मुख्यबाली मानिएको धान नै समयमा लगाउन नपाएपछि खाद्यान्न सङ्कट पर्ने चिन्ताले पिरोल्ने गरेको भङ्गाहा–४ कै किसान दिपमायाँ श्रेष्ठ बताउँछन्।

असार तेस्रो साताभित्र शाहीरोप सक्ने र त्यो रोपो गाँजिएपछि उखेलेर साउन तेस्रो साताभित्र खरुअन (कलम) को रोपाइँ सक्ने धान खेतीको तालिका हुने गरेको यहाँका किसान बताउँछन्। तर, धेरैजसो आकाशे पानीको भरमा गरिने यहाँको धान खेती समयमा पानी नपरेपछि रनभुल्लमा परेको औरही नगरपालिका भोइल बस्तीका किसान मोहन महतो बताउँछन्।

महोत्तरीमा कूल खेतीयोग्य ७० हजार हेक्टर जग्गामध्ये करीब ५२ हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिन्छ। तर, कहिले पानी, बिउ, कृषि जनशक्ति र कहिले मलको अभाव हुनेहुँदा कहिल्यै पुरापुरी रोपाइँ हुन नसकेको कृषि सेवा प्रदायक सरकारी कार्यालयकै कृषि विज्ञ बताउँछन्। गोपालप्रसाद बराल/रासस

" /> महोत्तरी। असारे गीत गाउँदै हिलाम्य खेतमा पसेर धान रोपिने असार महीना महोत्तरीका किसानका लागि यसपाली उत्साहपूर्ण देखिँदैन। असार दोस्रो साता बित्नै लाग्दा पनि रोपाइँ गर्न नपाएपछि यहाँका किसानलाई असार नीरस बनेको हो। खेतमा पानी नभएपछि जिल्लामा मध्यअसार हुनै लाग्दासम्म रोपाइँको सुरसार नभएको किसान बताउँछन्।

“यसपाली छिटफुट पानी त पर्दै आएको हो, बिउ त कसैगरि हुर्काइयो, तर के गरौँ खेत हिलाम्य हुने गरी पानी नपरेपछि रोपाइँ गर्न पाइएको छैन”, भङ्गहा नगरपालिका–४ रामनगरका ३५ वर्षीय किसान चन्देश्वर राय दनुवारले भने।  जिल्लामा यसपाली जेठभरिनै जसो पानी परी रहेपनि बीउ हुर्केयता खेत हिल्याउने गरी पानी नपरेपछि यहाँ मध्यअसार हुनैलाग्दा पनि सघन रोपाइँ शुरू हुन नसकेको दनुवारको भनाइ छ।

समयमा धानको बिउ नपाउँदा ब्याड राख्न ढिलाइ भएको, मल पाउन नसकेको र अहिले पर्याप्त पानी नहुँदा यहाँका किसान आकाशतर्फ हेर्दै दिन बिताउँदैछन्। “खेतीका लागि पहिलो कुरा सिँचाइको प्रबन्ध हुनपर्ने हो”, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतोले भनिन्, “हाम्रो त वस्ती नजिकका नदी खोल्सीका घरखेत बगाउने र बर्खेभेलले बिजोग बढाउने मात्र छन्, बाँधपैनी (कुलो नहर)को प्रबन्ध नहुनु, बीउमल कहिल्यै ढुक्कसँग पाउन नसक्नु र आम किसानसम्म सुविधा नपुग्नु राम्रो खेती हुन नसक्नुका मुख्य समस्या हुन्।”

यतिखेर घरगुजाराको मुख्यबाली धान रोप्न नपाएपछि यहाँका किसान परिवारको पालनपोषण यसपाली कसरी गर्ने भन्ने चिन्तामा छन्। मुख्यबाली मानिएको धान नै समयमा लगाउन नपाएपछि खाद्यान्न सङ्कट पर्ने चिन्ताले पिरोल्ने गरेको भङ्गाहा–४ कै किसान दिपमायाँ श्रेष्ठ बताउँछन्।

असार तेस्रो साताभित्र शाहीरोप सक्ने र त्यो रोपो गाँजिएपछि उखेलेर साउन तेस्रो साताभित्र खरुअन (कलम) को रोपाइँ सक्ने धान खेतीको तालिका हुने गरेको यहाँका किसान बताउँछन्। तर, धेरैजसो आकाशे पानीको भरमा गरिने यहाँको धान खेती समयमा पानी नपरेपछि रनभुल्लमा परेको औरही नगरपालिका भोइल बस्तीका किसान मोहन महतो बताउँछन्।

महोत्तरीमा कूल खेतीयोग्य ७० हजार हेक्टर जग्गामध्ये करीब ५२ हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिन्छ। तर, कहिले पानी, बिउ, कृषि जनशक्ति र कहिले मलको अभाव हुनेहुँदा कहिल्यै पुरापुरी रोपाइँ हुन नसकेको कृषि सेवा प्रदायक सरकारी कार्यालयकै कृषि विज्ञ बताउँछन्। गोपालप्रसाद बराल/रासस

"> पानी नपरेपछि महोत्तरीका किसानले रोपाइँ गर्न पाएनन्: Dekhapadhi
पानी नपरेपछि महोत्तरीका किसानले रोपाइँ गर्न पाएनन्
महोत्तरी। असारे गीत गाउँदै हिलाम्य खेतमा पसेर धान रोपिने असार महीना महोत्तरीका किसानका लागि यसपाली उत्साहपूर्ण देखिँदैन। असार दोस्रो साता बित्नै लाग्दा पनि रोपाइँ गर्न नपाएपछि यहाँका किसानलाई असार नीरस बनेको हो। खेतमा पानी नभएपछि जिल्लामा मध्यअसार हुनै लाग्दासम्म रोपाइँको सुरसार नभएको किसान बताउँछन्।

“यसपाली छिटफुट पानी त पर्दै आएको हो, बिउ त कसैगरि हुर्काइयो, तर के गरौँ खेत हिलाम्य हुने गरी पानी नपरेपछि रोपाइँ गर्न पाइएको छैन”, भङ्गहा नगरपालिका–४ रामनगरका ३५ वर्षीय किसान चन्देश्वर राय दनुवारले भने।  जिल्लामा यसपाली जेठभरिनै जसो पानी परी रहेपनि बीउ हुर्केयता खेत हिल्याउने गरी पानी नपरेपछि यहाँ मध्यअसार हुनैलाग्दा पनि सघन रोपाइँ शुरू हुन नसकेको दनुवारको भनाइ छ।

समयमा धानको बिउ नपाउँदा ब्याड राख्न ढिलाइ भएको, मल पाउन नसकेको र अहिले पर्याप्त पानी नहुँदा यहाँका किसान आकाशतर्फ हेर्दै दिन बिताउँदैछन्। “खेतीका लागि पहिलो कुरा सिँचाइको प्रबन्ध हुनपर्ने हो”, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतोले भनिन्, “हाम्रो त वस्ती नजिकका नदी खोल्सीका घरखेत बगाउने र बर्खेभेलले बिजोग बढाउने मात्र छन्, बाँधपैनी (कुलो नहर)को प्रबन्ध नहुनु, बीउमल कहिल्यै ढुक्कसँग पाउन नसक्नु र आम किसानसम्म सुविधा नपुग्नु राम्रो खेती हुन नसक्नुका मुख्य समस्या हुन्।”

यतिखेर घरगुजाराको मुख्यबाली धान रोप्न नपाएपछि यहाँका किसान परिवारको पालनपोषण यसपाली कसरी गर्ने भन्ने चिन्तामा छन्। मुख्यबाली मानिएको धान नै समयमा लगाउन नपाएपछि खाद्यान्न सङ्कट पर्ने चिन्ताले पिरोल्ने गरेको भङ्गाहा–४ कै किसान दिपमायाँ श्रेष्ठ बताउँछन्।

असार तेस्रो साताभित्र शाहीरोप सक्ने र त्यो रोपो गाँजिएपछि उखेलेर साउन तेस्रो साताभित्र खरुअन (कलम) को रोपाइँ सक्ने धान खेतीको तालिका हुने गरेको यहाँका किसान बताउँछन्। तर, धेरैजसो आकाशे पानीको भरमा गरिने यहाँको धान खेती समयमा पानी नपरेपछि रनभुल्लमा परेको औरही नगरपालिका भोइल बस्तीका किसान मोहन महतो बताउँछन्।

महोत्तरीमा कूल खेतीयोग्य ७० हजार हेक्टर जग्गामध्ये करीब ५२ हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिन्छ। तर, कहिले पानी, बिउ, कृषि जनशक्ति र कहिले मलको अभाव हुनेहुँदा कहिल्यै पुरापुरी रोपाइँ हुन नसकेको कृषि सेवा प्रदायक सरकारी कार्यालयकै कृषि विज्ञ बताउँछन्। गोपालप्रसाद बराल/रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्