काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीको स्थायी कमिटी बैठकमा आज एकछिन बसेर बाहिरिएका छन्।
कार्यव्यवस्तता रहेको भन्दै हिजोको बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री ओली आज एकछिन सहभागी भएर बाहिरिएका हुन्।
“उहाँको (प्रधानमन्त्री ओली) कार्यव्यस्ताताले पूरा समय बस्न सक्नुभएन, बैठक नियमित सञ्चालन गर्नुस् भनेर उहाँ बाहिरिनुभएको हो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।
सरकारका काममा व्यस्त भएकाले प्रधामन्त्री पूरा समय बैठकमा नबसेपनि बैठकमा उठेका कुरा उनीसम्म पुग्ने सल्लाहकार थापाले बताए।
१० असारमा शुरू भएको नेकपाको स्थायी कमिटी बैठक हिजोदेखि नियमित चलिरहेको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।