“हावाले दिशा परिवर्तन गर्दा भारतबाट सलह नेपाल आएका हुन्,” कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईले देखापढीसँग भने, “हिजोसम्म बिहार नआइपुगेका सलह हावा दक्षिणबाट उत्तरतर्फ बहँदा ल्यान्ड गर्न नेपाल आइपुगेका हुन्।”
हुमागाईका अनुसार आज बिहान ९ बजेतिर सलह नेपाल छिरेका हुन्।
बुटबल बजारको ताजा अवस्था #सलह pic.twitter.com/oKcNzK50UI
— शैलेश पोख्रेल (@P_Shailes) June 27, 2020
शुक्रबारसम्म नेपाल-भारत सीमामा हावा पश्चिमबाट पूर्वतर्फ बहेको थियो। तर, आज बिहानबाट हावाले एक्कासी दिशा परिवर्तन गरी दक्षिणबाट उत्तरतर्फ बहन थालेपछि बिहारसम्म पनि आइनपुगेका सलह नेपाल आइपुगेको उनले जनाए।
“दुई दिनअघि सलह बिहारसम्म पनि आइपुगेको थिएन। हावा पश्चिमबाट पूर्वतर्फ बहेकोले नेपालमा डर छैन भनिएको थियो। तर हावाले एक्कासी दिशा परिवर्तन गरेर उत्तरतर्फ बहन थालेपछि सलह केही घण्टामै एक हजार किलोमिटरभन्दा बढी दूरी पार गरी नेपालमा ल्यान्ड गरेको देखिन्छ,’’ हुमागाईले भने।
“ठूलो संख्यामा सलह नेपाल नआउने सम्भावना छ। तर हावा बिहारबाट नेपालतर्फ चलिरहेको हुँदा सतर्क भएर बस्नुपर्छ।”
आज सलह पर्सा, बारा, सर्लाही, सिन्धुली र रूपन्देहीमा देखिएको उनले जनाए। सलह आज बिहान ९ बजेतिर नेपालमा देखिएपछि सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रका कर्मचारीलाई तत्कालै फिल्डमा खटाइएको थियो। फिल्डबाट फोटो आएपछि सबन्धित क्षेत्रका विज्ञ बोलाएर मन्त्रालयमा त्यसको अध्ययन गरिएको थियो।
“नेपालमा आज देखिएको किरा सलह नै भएको विज्ञहरूले पहिचान गर्नुभयो,” उनले भने।
बिहान जुन ठाउँमा सलह देखियो भनिएको थियो कृषि ज्ञान केन्द्रका कर्मचारी अन्यत्र सरिसकेका थिए। पछि खोजी गर्दा अन्यत्र भेटिएका थिए।
“अहिलेसम्म सलहको ठूलो बथान नेपाल प्रवेश गरेको छैन। स-साना झुण्ड बाटो बिराएर नेपाल छिरेको जस्तो देखिन्छ। अहिलेको संख्याले तर्सिनुपर्ने अवस्था छैन,” हुमागाईले भने।
हावा अझै भारतको बिहारबाट असार १५ गतेसम्म उत्तर (नेपाल) तर्फ बहने भएकोले ठूलो संख्यामा सलह भित्रने डर भने रहेको उनले जनाए। उनले थपे, “ठूलो संख्यामा सलह नेपाल नआउने सम्भावना छ। तर हावा बिहारबाट नेपालतर्फ चलिरहेको हुँदा सतर्क भएर बस्नुपर्छ।”
शुक्रबारसम्म हावा पश्चिमबाट पूर्वतर्फ बहेको हुँदा सलह नेपाल प्रवेश नगर्ने अनुमान गरिएको थियो। तर हावाले दिशा परिवर्तन गरेसँगै सलह ठूलो संख्यामा नेपाल भित्रने सम्भावना पनि बढाएको छ। नेपालमा कति संख्यामा सलह प्रवेश गरे भन्ने यकिन गर्न नसकिएको उनले जनाए। दुई दिनपछि हावा पहिलेकै जसरी पश्चिमबाट पूर्वतर्फ बहे डराउनु नपर्ने उनले बताए।
अहिले सानो संख्यामा रहेको हुँदा टिन, थाल र अन्य भाडा ठटाएर, धुवाँ लगाएर पनि सलह भगाउन सकिने उनले बताए। थोरै संख्यामा हुँदा मार्न पनि सकिने उनकाे भनाइ छ।
सलह भित्रिए पनि नेपाल तयारी अवस्थामा रहेको उनले जनाए। जिल्ला र स्थानीय तहहरूलाई सलहलाई मार्न तथा भगाउन प्राविधिक सहयोग केन्द्रले गर्ने उनले बताए।
"कुन अवस्थामा कस्तो विषादी प्रयोग भन्ने हामीले पहिचान गरेका छौं। सलहको लागि प्रयोग हुने विषादीको अभाव छैन," उनले जानकारी दिए।
अहिले सानो संख्यामा रहेको हुँदा टिन, थाल र अन्य भाडा ठटाएर, धुवाँ लगाएर पनि सलह भगाउन सकिने उनले बताए। थोरै संख्यामा हुँदा मार्न पनि सकिने उनले जनाए।
नेपालसँग सीमा जोडिएका बिहारका जिल्लामा सलह नदेखिएको हुँदा हावाले दिशा परिवर्तन गरेसँगै यसको डर कम हुने दाबी उनको छ।
यसैबीच, आज कृषि मन्त्रालयमा बसेको बैठकले सलह देखिएका क्षेत्रमा कृषि प्राविधिकहरू खटाउने निर्णय गरेको छ। उनीहरूलाई सलह कसरी यात्रा गरिरहेका छन् पत्ता लगाउन भनिएको छ।
" /> काठमाडौं। हावाले दिशा परिवर्तन गर्दा भारतबाट नेपालमा सलह भित्रिएका छन्। आज बारा, पर्सा, सर्लाही, सिन्धुली र रूपन्देही गरी पाँच जिल्लामा सलह भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

">