काठमाडौं। नेपालको महिला भलिबल टाेली अहिले दक्षिण एसियाली खेलकुदकाे तयारीका लागि थाइल्याण्डमा छ। अर्काे महीना नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने पहिलो महिला सेन्ट्रल जोन भलिबलका लागि नेपालकाे महिला टोली २९ असोजमा थाइल्याण्ड पुगेकाे हाे।

पहिलो पटक विदेशमा तालिम गर्न र त्यसक्रममा अभ्यास खेल खेल्न समेत गएको महिला टाेलीले बैंककमा रहेको विश्वस्तरीय फिभ ट्रेनिङ सेन्ट्ररमा खेल्ने र प्रशिक्षण लिने अवसर पाएकाे छ। त्यहाँ नेपालले थाइल्याण्डका उमेर समूह र युनिभर्सिटीका टोलीहरुसँग समेत खेल्ने अवसर पायाे।

नयाँ कप्तान अरुणा शाहीको नेतृत्वमा १८ खेलाडी सम्मिलित टाेली तीन साताका लागि थाइल्याण्ड भ्रमणमा गएको हो। टोलीसँगै रहेका मुख्य प्रशिक्षक जगदिश भट्टले देखापढीसँग भने, “खेलाडीले म्याच एक्सपोजर पाएका छन्। कमजोर पक्षलाई कसरी सच्याउने भन्नेबारे याे भ्रमण साँच्चै फलदायी बनेकाे छ।”

थाइल्याण्डमा नेपालले सात अभ्यास खेल खेलेको छ। जसमा चार खेल जितेको छ भने तीन खेलमा पराजित भएको छ।

“खेल भन्दा पनि प्रशिक्षणमा हाम्राे प्रमुख ध्यान छ। टीम स्पिरिट, कोअर्डीनेसन, कम्युनिकेसन राम्रो भएको छ” प्रशिक्षक भट्टले भने, “सानो गल्तीलाई कसरी कम गर्ने भन्ने विषयमा ध्यान दिएका छौँ। खेलाडीमा आत्मविश्वास बढेको छ। प्राविधिक र रणनीतिक पक्षमा पनि सुधार भएको छ।” भट्टले थाइल्याण्डमा सिकेका कुरा लागू हुन केही समय लाग्ने बताए।

अभ्यास खेलका क्रममा घाइते भएकी स्पाइकर सरस्वती चौधरीको चोट सुधार भएको र अब उनले खेल्न सक्ने भट्टले बताए। तीन साताको तयारीपछि नेपाली टोली १८ कात्तिकमा स्वदेश फर्कने छ।

पहिलो पटक हुन लागेको एभीसी एशियन सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनशिप २२ देखि २७ कात्तिकसम्म बंगलादेशमा हुनेछ।  थाइल्याण्ड भ्रमण र बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपले आगामी १५–२४ मंसिरमा नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुदमा फाइदा पुग्ने नेपाल भलिबल संघको विश्वास छ। घरेलु कोर्टमा साग हुने भएकोले नेपालले यसपटक सकेसम्म राम्रो नतिजा ल्याउने लक्ष्य राखेको छ। सागमा नेपालको महिला टोलीले यसअघि तीन पटक कास्य पदक जितेको छ।

नियमित कप्तान विनिता बुढाथोकी लगायत ६ खेलाडी यस पटक राष्ट्रिय टाेलीको प्रारम्भिक सूचीमा नपरेपछि टाेलीमा नयाँ अनुहारकाे बाहुल्य छ। यसअघि अन्तर्राष्ट्रिय प्रतियाेगिता खेलेका ६ खेलाडी मात्र अहिले टाेलीमा छन्। जसमा कप्तान अरुणासँगै प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, कमला पुन र उषा कुमारी विष्ट छन्। यी सिनियर खेलाडीबाहेक १२ खेलाडी थाइल्याण्ड टूरमा गएका हुन्।

यिनै १८ खेलाडीबाट बंगलादेशमा सेन्ट्रल जोन भलिबल च्याम्पियनशिप खेल्ने १२ सदस्यीय टोली छनोट हुनेछ। यस्तै सागका लागि १४ सदस्यीय टोली छनोट गरिनेछ।

" /> काठमाडौं। नेपालको महिला भलिबल टाेली अहिले दक्षिण एसियाली खेलकुदकाे तयारीका लागि थाइल्याण्डमा छ। अर्काे महीना नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने पहिलो महिला सेन्ट्रल जोन भलिबलका लागि नेपालकाे महिला टोली २९ असोजमा थाइल्याण्ड पुगेकाे हाे।

पहिलो पटक विदेशमा तालिम गर्न र त्यसक्रममा अभ्यास खेल खेल्न समेत गएको महिला टाेलीले बैंककमा रहेको विश्वस्तरीय फिभ ट्रेनिङ सेन्ट्ररमा खेल्ने र प्रशिक्षण लिने अवसर पाएकाे छ। त्यहाँ नेपालले थाइल्याण्डका उमेर समूह र युनिभर्सिटीका टोलीहरुसँग समेत खेल्ने अवसर पायाे।

नयाँ कप्तान अरुणा शाहीको नेतृत्वमा १८ खेलाडी सम्मिलित टाेली तीन साताका लागि थाइल्याण्ड भ्रमणमा गएको हो। टोलीसँगै रहेका मुख्य प्रशिक्षक जगदिश भट्टले देखापढीसँग भने, “खेलाडीले म्याच एक्सपोजर पाएका छन्। कमजोर पक्षलाई कसरी सच्याउने भन्नेबारे याे भ्रमण साँच्चै फलदायी बनेकाे छ।”

थाइल्याण्डमा नेपालले सात अभ्यास खेल खेलेको छ। जसमा चार खेल जितेको छ भने तीन खेलमा पराजित भएको छ।

“खेल भन्दा पनि प्रशिक्षणमा हाम्राे प्रमुख ध्यान छ। टीम स्पिरिट, कोअर्डीनेसन, कम्युनिकेसन राम्रो भएको छ” प्रशिक्षक भट्टले भने, “सानो गल्तीलाई कसरी कम गर्ने भन्ने विषयमा ध्यान दिएका छौँ। खेलाडीमा आत्मविश्वास बढेको छ। प्राविधिक र रणनीतिक पक्षमा पनि सुधार भएको छ।” भट्टले थाइल्याण्डमा सिकेका कुरा लागू हुन केही समय लाग्ने बताए।

अभ्यास खेलका क्रममा घाइते भएकी स्पाइकर सरस्वती चौधरीको चोट सुधार भएको र अब उनले खेल्न सक्ने भट्टले बताए। तीन साताको तयारीपछि नेपाली टोली १८ कात्तिकमा स्वदेश फर्कने छ।

पहिलो पटक हुन लागेको एभीसी एशियन सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनशिप २२ देखि २७ कात्तिकसम्म बंगलादेशमा हुनेछ।  थाइल्याण्ड भ्रमण र बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपले आगामी १५–२४ मंसिरमा नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुदमा फाइदा पुग्ने नेपाल भलिबल संघको विश्वास छ। घरेलु कोर्टमा साग हुने भएकोले नेपालले यसपटक सकेसम्म राम्रो नतिजा ल्याउने लक्ष्य राखेको छ। सागमा नेपालको महिला टोलीले यसअघि तीन पटक कास्य पदक जितेको छ।

नियमित कप्तान विनिता बुढाथोकी लगायत ६ खेलाडी यस पटक राष्ट्रिय टाेलीको प्रारम्भिक सूचीमा नपरेपछि टाेलीमा नयाँ अनुहारकाे बाहुल्य छ। यसअघि अन्तर्राष्ट्रिय प्रतियाेगिता खेलेका ६ खेलाडी मात्र अहिले टाेलीमा छन्। जसमा कप्तान अरुणासँगै प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, कमला पुन र उषा कुमारी विष्ट छन्। यी सिनियर खेलाडीबाहेक १२ खेलाडी थाइल्याण्ड टूरमा गएका हुन्।

यिनै १८ खेलाडीबाट बंगलादेशमा सेन्ट्रल जोन भलिबल च्याम्पियनशिप खेल्ने १२ सदस्यीय टोली छनोट हुनेछ। यस्तै सागका लागि १४ सदस्यीय टोली छनोट गरिनेछ।

"> विदेशको प्रशिक्षणले उत्साहित छ महिला भलिबल टोली: Dekhapadhi
विदेशको प्रशिक्षणले उत्साहित छ महिला भलिबल टोली
काठमाडौं। नेपालको महिला भलिबल टाेली अहिले दक्षिण एसियाली खेलकुदकाे तयारीका लागि थाइल्याण्डमा छ। अर्काे महीना नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने पहिलो महिला सेन्ट्रल जोन भलिबलका लागि नेपालकाे महिला टोली २९ असोजमा थाइल्याण्ड पुगेकाे हाे।

पहिलो पटक विदेशमा तालिम गर्न र त्यसक्रममा अभ्यास खेल खेल्न समेत गएको महिला टाेलीले बैंककमा रहेको विश्वस्तरीय फिभ ट्रेनिङ सेन्ट्ररमा खेल्ने र प्रशिक्षण लिने अवसर पाएकाे छ। त्यहाँ नेपालले थाइल्याण्डका उमेर समूह र युनिभर्सिटीका टोलीहरुसँग समेत खेल्ने अवसर पायाे।

नयाँ कप्तान अरुणा शाहीको नेतृत्वमा १८ खेलाडी सम्मिलित टाेली तीन साताका लागि थाइल्याण्ड भ्रमणमा गएको हो। टोलीसँगै रहेका मुख्य प्रशिक्षक जगदिश भट्टले देखापढीसँग भने, “खेलाडीले म्याच एक्सपोजर पाएका छन्। कमजोर पक्षलाई कसरी सच्याउने भन्नेबारे याे भ्रमण साँच्चै फलदायी बनेकाे छ।”

थाइल्याण्डमा नेपालले सात अभ्यास खेल खेलेको छ। जसमा चार खेल जितेको छ भने तीन खेलमा पराजित भएको छ।

“खेल भन्दा पनि प्रशिक्षणमा हाम्राे प्रमुख ध्यान छ। टीम स्पिरिट, कोअर्डीनेसन, कम्युनिकेसन राम्रो भएको छ” प्रशिक्षक भट्टले भने, “सानो गल्तीलाई कसरी कम गर्ने भन्ने विषयमा ध्यान दिएका छौँ। खेलाडीमा आत्मविश्वास बढेको छ। प्राविधिक र रणनीतिक पक्षमा पनि सुधार भएको छ।” भट्टले थाइल्याण्डमा सिकेका कुरा लागू हुन केही समय लाग्ने बताए।

अभ्यास खेलका क्रममा घाइते भएकी स्पाइकर सरस्वती चौधरीको चोट सुधार भएको र अब उनले खेल्न सक्ने भट्टले बताए। तीन साताको तयारीपछि नेपाली टोली १८ कात्तिकमा स्वदेश फर्कने छ।

पहिलो पटक हुन लागेको एभीसी एशियन सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनशिप २२ देखि २७ कात्तिकसम्म बंगलादेशमा हुनेछ।  थाइल्याण्ड भ्रमण र बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपले आगामी १५–२४ मंसिरमा नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुदमा फाइदा पुग्ने नेपाल भलिबल संघको विश्वास छ। घरेलु कोर्टमा साग हुने भएकोले नेपालले यसपटक सकेसम्म राम्रो नतिजा ल्याउने लक्ष्य राखेको छ। सागमा नेपालको महिला टोलीले यसअघि तीन पटक कास्य पदक जितेको छ।

नियमित कप्तान विनिता बुढाथोकी लगायत ६ खेलाडी यस पटक राष्ट्रिय टाेलीको प्रारम्भिक सूचीमा नपरेपछि टाेलीमा नयाँ अनुहारकाे बाहुल्य छ। यसअघि अन्तर्राष्ट्रिय प्रतियाेगिता खेलेका ६ खेलाडी मात्र अहिले टाेलीमा छन्। जसमा कप्तान अरुणासँगै प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, कमला पुन र उषा कुमारी विष्ट छन्। यी सिनियर खेलाडीबाहेक १२ खेलाडी थाइल्याण्ड टूरमा गएका हुन्।

यिनै १८ खेलाडीबाट बंगलादेशमा सेन्ट्रल जोन भलिबल च्याम्पियनशिप खेल्ने १२ सदस्यीय टोली छनोट हुनेछ। यस्तै सागका लागि १४ सदस्यीय टोली छनोट गरिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्