पाकिस्तानको सरकारले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नयाँ मूल्यमा पुरानो मूल्यको भन्दा झण्डै २६ रूपैयाँ वृद्धि भएको पाइएको छ।
पेट्रोलको मूल्य प्रतिलिटर एक सय पाकिस्तानी रूपैयाँ १० पैसा पुगेको छ। यसअघि त्यसको मूल्य ७४.५२ पाकिस्तानी रूपैयाँ रहेको थियो।
विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा पाकिस्तानमा पनि बढाइएको वित्त विभागले शुक्रबार जानकारी दिएको छ।
डिजेलको मूल्य २१ रूपैयाँ ३१ पैसा वृद्धि भएर १०१ रूपैयाँ २६ पैसा पुगेको विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। त्यसैगरी मट्टितेलको मूल्य पनि ५९ रूपैयाँ ६ पैसा भएको छ। एएनआई
" /> पाकिस्तानको सरकारले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नयाँ मूल्यमा पुरानो मूल्यको भन्दा झण्डै २६ रूपैयाँ वृद्धि भएको पाइएको छ।पेट्रोलको मूल्य प्रतिलिटर एक सय पाकिस्तानी रूपैयाँ १० पैसा पुगेको छ। यसअघि त्यसको मूल्य ७४.५२ पाकिस्तानी रूपैयाँ रहेको थियो।

">