प्रदेश २ मा सलह कीरा प्रवेशबारे अध्ययन शुरू

जनकपुरधाम। प्रदेश २ का विभिन्न जिल्लामा सलह कीरा देखिएको सन्दर्भमा प्रदेशका कृषि वैज्ञानिकहरूले अध्ययन शुरू गरेका छन्।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले कीरा प्रवेशका सन्दर्भमा अध्ययन शुरू गरेका हुन्।

कृषि वैज्ञानिकहरू सर्लाही जिल्लाको तेलबाली अनुसन्धान केन्द्रमा बसी अध्ययन गरिरहेकाे जनाइएको छ।

राज्यमन्त्री यादवले आज बिहान प्रदेशका विभिन्न जिल्लामा बथानमा देखिएको कीरा सलह नै भएको पुष्टि भएकाले यसबारे गहन अध्ययन र निरूपणबारे कृषि वैज्ञानिकहरूले कार्य प्रारम्भ गरेकाे बताए।

वैज्ञानिकहरूले कीराको प्रवेश नाका, संख्या र नियन्त्रणका आधार पहिल्याउनेबारे अनुसन्धानसमेत शुरू गर्नुभएको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्