काठमाडौं। आज, तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको ६९औँ जन्मजयन्ती मनाइँदैछ। कोरोना भाइरस संक्रमण जोखिमका कारण औपचारिक कार्यक्रम तय नभएपछि अनौपचारिक रूपमा मदनको जन्मजयन्ती मनाउने नेकपा नेताहरू बताउँछन्।
भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ तत्कालीन नेकपा एमालेको मार्गदर्शक सिद्धान्त थियो। माओवादी केन्द्रसँग एकता भएपछि भने यसैको आधारमा जनताको जनवाद अंगिकार गरिएको छ। यद्यपी, जनताको बहुदलीय जनवाद बहसकै विषय छ। यसलाई आउँदो महाधिवेशनबाट टुंगो लगाइनेछ।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि जनताकोको सिद्धान्त प्रतिपादन गरी लोकप्रिय ३ जेठ २०५० मा दासढुंगा भएको जिप दुर्घटनामा परी निधन भएको थियो। भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ‘मदन भण्डारीका संकलित रचनाहरू, भाग १–७, छानिएका रचनाहरू (८), सेलेक्टेड वर्क्स (९)र जीवनी र व्यक्तित्व (१०)’ समेत दुर्लभ रचनाहरू संकलित कृतिको सेट प्रकाशित भएकोमा अत्यन्त प्रशन्नता समेत व्यक्त गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
मदन भण्डारीको स्मृतिको दिन पारेर ३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ हालको नेकपा बनेको थियो।
" /> काठमाडौं। आज, तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको ६९औँ जन्मजयन्ती मनाइँदैछ। कोरोना भाइरस संक्रमण जोखिमका कारण औपचारिक कार्यक्रम तय नभएपछि अनौपचारिक रूपमा मदनको जन्मजयन्ती मनाउने नेकपा नेताहरू बताउँछन्।भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ तत्कालीन नेकपा एमालेको मार्गदर्शक सिद्धान्त थियो। माओवादी केन्द्रसँग एकता भएपछि भने यसैको आधारमा जनताको जनवाद अंगिकार गरिएको छ। यद्यपी, जनताको बहुदलीय जनवाद बहसकै विषय छ। यसलाई आउँदो महाधिवेशनबाट टुंगो लगाइनेछ।

">