म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन घुम्ती कोष स्थापना गर्ने भएको छ।
आठौँ गाउँसभाले पारित गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा युवा स्वरोजगार कोष स्थापनाका लागि बजेटको व्यवस्था गरिएको छ।
कोरोनाका कारण रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन ३० लाखको घुम्ति कोष खडा गर्ने तयारी गरिएको अध्यक्ष थमसरा पुनले जानकारी दिए। उनका अनुसार कृषि व्यवसाय प्रर्वद्धन कोष स्थापना तथा सञ्चालनका लागि समेत २० लाख विनियोजन भएको छ ।
“रोजगारी गुमाएर विदेश र बजारबाट गाउँमा फर्किएका युवालाई कृषि, पशुपालन, जडिबुटी, फलफूल खेती र स्थानीय स्रोतमा आधारित लघुउद्यम सञ्चालन गर्न साथै युवा स्वरोजगार र कृषि व्यवसाय प्रवर्द्धन कोष स्थापना गरेका हौँ” अध्यक्ष पुनले भने, “कार्यविधि बनाएर युवालाई व्यवसाय सञ्चालन गर्न घुम्ति कोष परिचालन गर्छौँ ।”
धवलागिरिले कोभिड-१९ रोकथाम, पूर्वाधार, रोजगार र पूर्वाधारका योजनालाई प्राथमिकता दिँदै ४२ करोड ५१ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।
तलब भत्ता, प्रशासनिक, सामाजिक सुरक्षा भत्ता र सशर्त अनुदानसहित चालू शीर्षकमा २९ करोड ८६ लाख ३० हजार र विकास आयोजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकमा १२ करोड ६५ लाख ५२ हजार ५८० बजेट पारित भएको छ। रासस
" /> म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन घुम्ती कोष स्थापना गर्ने भएको छ।आठौँ गाउँसभाले पारित गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा युवा स्वरोजगार कोष स्थापनाका लागि बजेटको व्यवस्था गरिएको छ।

">