काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) अर्काे महीना नेपालमा हुँदैछ। आजको मितिबाट एक महीना अर्थात १५ देखि २४ मंसीरसम्म काठमाडौं, पोखरा र जनकपुरमा सागका विभिन्न खेल हुनेछन्। दक्षिण एशियाको सबैभन्दा ठूलो खेल मेलाको रूपमा रहेको सागकाे तयारीबारे सबैको चासो छ।

यसपटक नेपाललाई दुई चुनौती छन्–खेलाडीको प्रदर्शन अनि आयोजना। आफैं आयोजक भएकोले सफल रूपमा आयोजना गर्ने र घरेलु मैदानमा खेलाडीको प्रदर्शन पनि राम्रो हुनुपर्ने चुनौती छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालले १३औं सागको तयारी अन्तिम चरणमा रहेको बताएका छन्। “हामी अहिले तयारीको अन्तिम चरणमा पुगेका छौं,”  सिलवालले देखापढीसँग भने, “खेलाडीको तयारीको सन्दर्भमा शतप्रतिशत छ। पूर्वाधार यो मसान्तसम्म सकाउने गरी सबै काम गर्दैछौँ।”

तर, ठूला प्रतियोगिता हुन एक महीना मात्र बाँकी रहेपनि नेपालले भौतिक पूर्वाधारको काम अझै सम्पन्न गरिसकेको छैन। १३औं सागको मुख्य भेन्यू अर्थात उद्घाटन र समापन हुने ठाउँ दशरथ रंगशाला समेत पूर्ण रूपमा तयार हुन बाँकी छ। तयारी अन्तिम चरणमा पुगेपनि साग हुने मितिमै पूर्वाधार निर्माणको काम सम्पन्न हुन्छ कि हुँदैन भन्ने चिन्ता छ।

साग नजिकिँदै गर्दा अहिले हतारमा काम भइरहेको छ। दशरथ रंगशालाको साधारण प्यारापेटतर्फ १३ कात्तिकबाट सिट राख्ने काम शुरू भएको छ।

भीआईपी प्यारापेटमा सिट र छानो राख्ने दुवै काम बाँकी छ। राखेप सदस्य सचिव सिलवालले साग अगाडि नै सबै काम पूरा हुने दाबी गरे। “हामीले भन्नुपर्‍यो नि सकिँदैन भनेर अरूले भनेर कहाँ हुन्छ? ” सिलवालले भने, “रंगशालको भीआईपी प्यारापेटमा छानो हाल्ने काम आजबाट शुरू भइरहेको छ। क्रेनले उठाउने काम गरिरहेको छ। साग अगाडि नै सबै काम सकिन्छ।”

यस्तै, काठमाडौं बाहेक अर्को मुख्य भेन्युको रूपमा रहेको पोखरा रंगशालामासमेत काम भइरहेको सिलवालले बताए। “१३औं सागकै लागि भनेर पोखरा रंगशालाको मैदान, ट्रायक एण्ड फिल्ड र प्यारापेटको काम भइरहेको छ। मैदानमा दुबो राख्ने काम सकिएको छ। ट्रयाक एण्ड फिल्ड बिच्छ्याउने काम भइरहेको छ”  सिलवालले भने, “प्यारापेट भारतको विसाखपटानामबाट एक साताभित्र आउँछ।”

सिलवालले १३औं सागकै तयारीका लागि एक सातापछि नेपालमा दक्षिण एसियाली राष्ट्रहरूको बैठक राखिएको बताए। “८ देखि ११ नोभेम्बरसम्म नेपालमा सार्क राष्ट्रको मिटिङ छ। त्यसको लागि पनि तयारी भइरहेको छ”, सिलवालले भने।

प्रतियोगिता नजिकिएपछि मात्रै युद्धस्तरमा काम अगाडि बढाउने नेपालको पुरानै बानी छ। अहिले ठिक त्यस्तै अवस्था छ। राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय भएकोले पनि नेपालले सफल आयोजनामा कुनै कसर बाँकी राख्नु हुँदैन। तर, खेलकुदमै लामो समय काम गरेका व्यक्तिहरू भने यस्तो खालको तयारीबाट सन्तुष्ट छैनन्। धेरैमा अझै पनि साग हुन्छ कि हुँदैन भन्नेमै शंका छ। राखेप सदस्य सचिव सिलवाल भने साग नहुने भए ‘नेपालमा चार दिनको मिटिङ नै राखिदैनथ्यो नि’ भन्छन्।

अन्तर्राष्ट्रिय स्तरमा ठूला प्रतियोगिताहरू आयोजना गर्दा वर्ष दिन वा त्यो भन्दा पहिले नै भौतिक पूर्वाधारको काम सकेर मात्र आयोजनाको दाबी गरिने चलन छ। तर, नेपालकाे भने अन्तिम समयमा आएर बानी छ।

विश्वकप क्वालिफायर म्याच दशरथ रंगशालामै
१३औं साग अघि दशरथ रंगशालमा अर्को खेल पनि हुँदैछ। सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एएफसी एशियन कपको संयुक्त छनोट अन्तर्गत नेपालले कुवेतविरुद्धको होम म्याच मंसीरको पहिलो साता खेल्दैछ।

३ मंसीरमा नेपालले कुवेतसँग दशरथ रंगशालमा खेल्ने तय भएको छ। त्यसको लागि पनि मैदान तयार पार्नुपर्ने छ।

नेपालले यसअघि नै होम म्याच खेल्ने तालिका रहेपनि एन्फाले पहिला अवे म्याच खेलेर सबै होम म्याच पछि खेल्नेगरी सम्बन्धित देशको फुटबल संघसँग समन्वय गरेको थियो। समूह बी मा रहेको नेपालले चार अवे म्याच खेलिसकेको छ। अब चार होम म्याच नेपालमै खेल्ने भएको छ। १८ दिनपछि हुने उक्त खेलका लागि अहिले अखिल नेपाल फुटबल संघले पनि आन्तरिक तयारी गरिरहेको छ।

“हाम्रो आन्तरिक तयारी पनि भइरहेको छ। रंगशालामा खेल हुने कुराले नै अहिले सबै जना उत्साहित छन्”, एन्फाका प्रवक्ता किरण राईले देखापढीसँग भने।

पढ्नुहाेस्

दक्षिण एशियाली खेलकुद महाकुम्भका लागि यसरी तयार पारिँदैछ दशरथ रंगशाला (तस्वीरहरू)

" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) अर्काे महीना नेपालमा हुँदैछ। आजको मितिबाट एक महीना अर्थात १५ देखि २४ मंसीरसम्म काठमाडौं, पोखरा र जनकपुरमा सागका विभिन्न खेल हुनेछन्। दक्षिण एशियाको सबैभन्दा ठूलो खेल मेलाको रूपमा रहेको सागकाे तयारीबारे सबैको चासो छ।

"> साग आउन एक महीना मात्र बाँकी, कस्तो हुँदैछ नेपालको तयारी?: Dekhapadhi
साग आउन एक महीना मात्र बाँकी, कस्तो हुँदैछ नेपालको तयारी?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्