काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको भूमि फिर्ता लिने कदम चाल्दा कसैले पनि प्रधानमन्त्री हटाउँछु भनेर नसोच्न चेतावनी दिएका छन्। ६९औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपालको राष्ट्रिय एकता कमजोर नरहेको भन्दै कुनैपनि भ्रम नपाल्न आग्रह गरे।
“नक्शा छापेर गाह्रो हुन्छ भन्ने आवाज पनि नेपालकै नेताहरूले भनेको सुनिन्छ”, प्रधानमन्त्री ओलीले भने, “५८ वर्षदेखि खोसिएको जमिन फिर्ता लिन कदम चालिको हो, कसैको जमिन अतिक्रमण गर्न खोजिएको होइन।” नेपालका नेताहरूले चलाइरहेको बहस, भारतीय सञ्चारमाध्यमले बोलिरहेका विषय र भारतीय दूतावासको सक्रियताले पनि त्यो प्रष्ट गरेको प्रधानमन्त्रीको भनाइ रहेको छ।
उनले कसैले प्रधानमन्त्री हटाउन कोसिस गरिरहेको भए गर्न दिनुपर्ने र हतारो गर्नु आवश्यक नभएको बताए। उनको यो भनाइ भारतप्रति लक्षित थियो। उनले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन नभएको भन्दै अहिलेको परिस्थितिमा आफूले सिङ्गो राष्ट्रियताको विषयमा उठाइरहेको विषयमा अरुले बोल्ने आँट नरहेको बताए।
उनले आफ्नो पार्टी, संसदीय दल नबुझ्ने नरहेको भन्दै कसैले खेल्न खोजेर केही नहुने प्रष्ट पारे। आफू शासक नभएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रहित र देशको विकास गर्ने जिम्मेवारीमा रहेको बताए। “विभिन्न भ्रम छर्ने काम भएको छ। विभिन्नखाले बाहिर, भित्र खेल भइरहेको छ”, प्रधानमन्त्री ओलीले भने, “मानिसहरू बहकिएर झिना-मसिनामा विषयमा अल्झिएर बसेका छन्। अस्थिरता कायमै राखि राख्न अनेकन खेल भइराख्या छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको भूमि फिर्ता लिने कदम चाल्दा कसैले पनि प्रधानमन्त्री हटाउँछु भनेर नसोच्न चेतावनी दिएका छन्। ६९औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपालको राष्ट्रिय एकता कमजोर नरहेको भन्दै कुनैपनि भ्रम नपाल्न आग्रह गरे।“नक्शा छापेर गाह्रो हुन्छ भन्ने आवाज पनि नेपालकै नेताहरूले भनेको सुनिन्छ”, प्रधानमन्त्री ओलीले भने, “५८ वर्षदेखि खोसिएको जमिन फिर्ता लिन कदम चालिको हो, कसैको जमिन अतिक्रमण गर्न खोजिएको होइन।” नेपालका नेताहरूले चलाइरहेको बहस, भारतीय सञ्चारमाध्यमले बोलिरहेका विषय र भारतीय दूतावासको सक्रियताले पनि त्यो प्रष्ट गरेको प्रधानमन्त्रीको भनाइ रहेको छ।

">