काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आउँदो महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने भएको छ। यसका लागि अहिले केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बसिरहेको छ। कांग्रेसले यसअघि नै आउँदो ७ देखि १० फागुनमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा, गाउँ, नगर, क्षेत्रीय, जिल्ला र प्रदेशको अधिवेशन सक्नुपर्नेछ।
कांग्रेसले गएको १३ माघको केन्द्रीय समिति बैठकबाट पार्टीका मातहत निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकाअनुसार २०७६ फागुनदेखि चैतसम्म पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने, जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने भनिएको थियो।
गाउँ/नगर वडा अधिवेशन आउँदो कात्तिक १६, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो। कार्यतालिकाअनुसार जिल्लामा क्रियाशील सदस्यता फाराम पुर्याउने काम भए पनि कोरोनाका कारण वितरण र नवीकरण कार्य भने प्रभावित भएको कांग्रेसले जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजको पदाधिकारी बैठकमा मुख्यतः दुईवटा विषयमा छलफल र निर्णय हुने देखापढीलाई बताए। उनका अनुसार पहिलो, कोरोना कहरकाबीच महाविधेशनको कामलाई कसरी अगाडि बढाउने र दोस्रो, कोरोना नियन्त्रण र रोकथाम सरकारलाई दबाब बढाउने विषयमा छलफल हुनेछ।
" /> काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आउँदो महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने भएको छ। यसका लागि अहिले केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बसिरहेको छ। कांग्रेसले यसअघि नै आउँदो ७ देखि १० फागुनमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा, गाउँ, नगर, क्षेत्रीय, जिल्ला र प्रदेशको अधिवेशन सक्नुपर्नेछ।कांग्रेसले गएको १३ माघको केन्द्रीय समिति बैठकबाट पार्टीका मातहत निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकाअनुसार २०७६ फागुनदेखि चैतसम्म पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने, जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने भनिएको थियो।

">