काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गाहरू संरक्षण गर्न सरकार क्रियाशील भएर लागिरहेको बताएकी छन्।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथिको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएकी हुन्।
गुठीका जग्गाहरू राज्यले पनि नियन्त्रण गर्न नसकिरहेको भन्दै मन्त्री अर्यालले आफू मन्त्रालयमा आइसकेपछि संरक्षणका निम्ती लागिरहेको बताइन्।
गुठी संरक्षण गर्नका निम्ती नै सरकारले गुठी विधेयक ल्याइएको कुरा दोहोर्याउँदै त्यो अहिले फिर्ता गए पनि पुनः ल्याउने तयारीमा सरकार रहेको बताइन्।
गुठीमा राज्यले सीधै हस्तक्षेप गरेर प्रयोग गर्न पाउने खालको व्यवस्था पनि नभएको भन्दै उनले गुठी फरक प्रकृतिको मौलिक विषय भएकाले यसलाई फरक ढंगले नै व्यवस्थित गर्नुपर्ने बताइन्।
“अरू सरकारी, सार्वजनिक जग्गामा जस्तो गुठीमा राज्यले सीधै हस्तक्षेप गर्न सक्दैन”, उनले भनिन्, “पुर्खाहरूले परोपकारी भावनाका साथ गुठीमा जग्गा दान गरेको तर अहिले विभिन्न व्यक्तिहरूले खोस्ने, अतिक्रमण गर्ने, आफ्नो बनाउने काम भइरहेको छ।”
राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापती दिलकुमारी थापा रावलले उक्त मस्यौदा प्रतिवेदनमाथि पर्यटन मन्त्रालयसँग पनि छलफल गरिने बताइन्।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गाहरू संरक्षण गर्न सरकार क्रियाशील भएर लागिरहेको बताएकी छन्।राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथिको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएकी हुन्।

">