बाँके। बाँके क्षेत्र नं २ बाट निर्वाचित सांसद मोहम्मद इश्तियाक राईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट डेढ करोड रुपैयाँ भेरी अस्पताललाई उपलब्ध गराउने  भएका छन्। भेरी अस्पताललाई उपलब्ध गराइने रकम भेन्टिलेटर र अन्य उपकरण जडानका लागि खर्चिनेछ। कोभिड-१९ को बढ्दो संक्रमणका कारण भेरी अस्पतालमा थप सेवासुविधा आवश्यक देखिएकाले यस्तो निर्णय लिइएको सांसद राईले देखापढीलाई बताए।

यसअघि विभिन्न विकास निर्माणमा खर्च गर्ने निर्णय रद्द गरी डेढ करोड रुपैयाँ भेरी अस्पतालका लागि छुट्टयाइएको हो। ‛कोभिड-१९ का कारण अघि बढ्न नसकेका विभिन्न योजना हाललाई थाँती राखेर भेरी अस्पताललाई यो रकम उपलब्ध गराउने भएका छौं। कोभिड-१९ को महामारीमा भेरी अस्पतालको स्तरोन्नतीलाई प्राथमिकतामा राख्नुपर्ने महशुस भएकाले पनि यो निर्णय लिइएको हो’, सांसद राईले भने।

नेपालगन्ज र डुडुवाँ गाउँपालिकाका विभिन्न स्थानमा करबला, कब्रिस्तान, मदरसा, बाल सुधार गृह निर्माण तथा एम्बुलेन्स खरिदका लागि बनेका कार्यक्रमको काम कोभिड-१९ का कारण अघि बढ्न सकेको थिएन। त्यसैले यि कार्यक्रमका लागि छुट्टयाइएको रकम संशोधित निर्णय अनुसार भेरी अस्पतालले प्राप्त गर्ने छ।

आज बसेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको बैठकले गरेको निर्णय अनुसार भेरी अस्पताललाई दिइएको यो कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकामार्फत संचालन गरिनेछ।

" /> बाँके। बाँके क्षेत्र नं २ बाट निर्वाचित सांसद मोहम्मद इश्तियाक राईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट डेढ करोड रुपैयाँ भेरी अस्पताललाई उपलब्ध गराउने  भएका छन्। भेरी अस्पताललाई उपलब्ध गराइने रकम भेन्टिलेटर र अन्य उपकरण जडानका लागि खर्चिनेछ। कोभिड-१९ को बढ्दो संक्रमणका कारण भेरी अस्पतालमा थप सेवासुविधा आवश्यक देखिएकाले यस्तो निर्णय लिइएको सांसद राईले देखापढीलाई बताए।

यसअघि विभिन्न विकास निर्माणमा खर्च गर्ने निर्णय रद्द गरी डेढ करोड रुपैयाँ भेरी अस्पतालका लागि छुट्टयाइएको हो। ‛कोभिड-१९ का कारण अघि बढ्न नसकेका विभिन्न योजना हाललाई थाँती राखेर भेरी अस्पताललाई यो रकम उपलब्ध गराउने भएका छौं। कोभिड-१९ को महामारीमा भेरी अस्पतालको स्तरोन्नतीलाई प्राथमिकतामा राख्नुपर्ने महशुस भएकाले पनि यो निर्णय लिइएको हो’, सांसद राईले भने।

नेपालगन्ज र डुडुवाँ गाउँपालिकाका विभिन्न स्थानमा करबला, कब्रिस्तान, मदरसा, बाल सुधार गृह निर्माण तथा एम्बुलेन्स खरिदका लागि बनेका कार्यक्रमको काम कोभिड-१९ का कारण अघि बढ्न सकेको थिएन। त्यसैले यि कार्यक्रमका लागि छुट्टयाइएको रकम संशोधित निर्णय अनुसार भेरी अस्पतालले प्राप्त गर्ने छ।

आज बसेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको बैठकले गरेको निर्णय अनुसार भेरी अस्पताललाई दिइएको यो कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकामार्फत संचालन गरिनेछ।

"> पूर्वाधार विकास कार्यक्रमको डेढ करोड भेरी अस्पताललाई: Dekhapadhi
पूर्वाधार विकास कार्यक्रमको डेढ करोड भेरी अस्पताललाई
बाँके। बाँके क्षेत्र नं २ बाट निर्वाचित सांसद मोहम्मद इश्तियाक राईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट डेढ करोड रुपैयाँ भेरी अस्पताललाई उपलब्ध गराउने  भएका छन्। भेरी अस्पताललाई उपलब्ध गराइने रकम भेन्टिलेटर र अन्य उपकरण जडानका लागि खर्चिनेछ। कोभिड-१९ को बढ्दो संक्रमणका कारण भेरी अस्पतालमा थप सेवासुविधा आवश्यक देखिएकाले यस्तो निर्णय लिइएको सांसद राईले देखापढीलाई बताए।

यसअघि विभिन्न विकास निर्माणमा खर्च गर्ने निर्णय रद्द गरी डेढ करोड रुपैयाँ भेरी अस्पतालका लागि छुट्टयाइएको हो। ‛कोभिड-१९ का कारण अघि बढ्न नसकेका विभिन्न योजना हाललाई थाँती राखेर भेरी अस्पताललाई यो रकम उपलब्ध गराउने भएका छौं। कोभिड-१९ को महामारीमा भेरी अस्पतालको स्तरोन्नतीलाई प्राथमिकतामा राख्नुपर्ने महशुस भएकाले पनि यो निर्णय लिइएको हो’, सांसद राईले भने।

नेपालगन्ज र डुडुवाँ गाउँपालिकाका विभिन्न स्थानमा करबला, कब्रिस्तान, मदरसा, बाल सुधार गृह निर्माण तथा एम्बुलेन्स खरिदका लागि बनेका कार्यक्रमको काम कोभिड-१९ का कारण अघि बढ्न सकेको थिएन। त्यसैले यि कार्यक्रमका लागि छुट्टयाइएको रकम संशोधित निर्णय अनुसार भेरी अस्पतालले प्राप्त गर्ने छ।

आज बसेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको बैठकले गरेको निर्णय अनुसार भेरी अस्पताललाई दिइएको यो कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकामार्फत संचालन गरिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्